7888656517 dheetamu@gmail.com
46410875 1984579008299582 9036298353956093952 O

बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् । तमूहरुका आफ्नो संस्कृति, कला, पहिरनलगायत भाषा आदिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित सो संस्थाले एक च्यारिटेबल संस्थाको रुपमा बेलायतमा दर्ता भएको हो ।

नन्दजंग गुरुङले बेलायतको नेपाली समाजमा लोकप्रियता हासिल गरेर विशाल बनेको आफ्नै भवन भएको संस्था तमुधीं यूकेलाई कसरी नेतृत्व प्रदान गर्लान् भन्ने विषय पर्खाइको बनेको छ । हालसम्म संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ (२०००—०४), मेजर डम्बर घले (२००५—०६), मेजर लालबहादुर गुरुङ (२००७—०८), सुवासिङ गुरुङ (२००९—१०), मुछेत्र गुरुङ (२०११—१२), कमल गुरुङ (२०१३—१४), सुर्जे (रामचन्द्र) गुरुङ (२०१५—१६) र ज्ञामबहादुर गुरुङ (२०१७—१८)ले तमू धीं यूकेको सफल नेतृत्व गरिसकेका छन् । 

दशौ कार्यसमितिका नामवली :

१) अध्यक्ष: नन्दजंग लेम ।
२) उपाध्यक्ष: जुमकाजि रहन्मे ।
३) उपाध्यक्ष: हरि टुटलेम ।
४) उपाध्यक्ष: हितकाजी लेम ।
५) महासचिव: तुलाराम तमु ।
६) सचिव: पर्सुराम तमु ।
७) कोषाध्यक्ष: कुमार तमु ।
८) सह कोषाध्यक्ष: कमल घोताने ।
९) खेलकुद सचिव: क्याप्टेन पितम्बर घोताने ।
१०) प्रवक्ता: रोहित कुमार तमु ।
११) सांकृती सचिव: ईन्द्र घोताने ।
१२) प्रेस / वेपमास्टर: सबिन्द्र कुमार गुरुङ ।
१३) सदस्य: मिलन तमु ।
१४) प्रोपर्टी: संयोजक नरेश तमु ।
१५) युवा संयोजक: राजेन्द्र तमु ।
१६) महिला प्रमूख: जगतमाया घोताने ।
१७) सदस्य: भोज बहादुर तमु ।
१८) सदस्य: मन प्रसाद घोताने ।
१९) सदस्य: गम बहादुर लेम ।
२०) सदस्य: कोल प्रसाद तमु ।
२१) सदस्य: टंक प्रसाद तमु ।
२२) सदस्य: श्री प्रसाद तमु ।
२३) सदस्य: युवन टुटलेम ।
२४) सदस्य: श्री बहादुर तमु ।
२५) सदस्य: अरुण तमु ।
२६) सदस्य: मदन तमु ।
२७) सदस्य: लैच कुमार तमु ।
२८) सदस्य: यम कुमार तमु ।
२९) सदस्य: भिम तमु ।