7888656517 dheetamu@gmail.com
Tamudhi Uk Charity 018 1024×683
अल्डरसट । तमुधिं युकेले धादिङ जिल्ला खादिङ गाउँमा अवस्थित भूकम्पबाट क्षतिग्रस्त हिमालय सरस्वती प्राथमिक विद्यालयको पुनर्निर्माण सहयोगार्थ २५ लाख संकलन गरेको छ । 
गत  आइतबार २५ मार्च २०१८ साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजित च्यारिटी डिनर कार्यक्रमबाट सो रकम उठाइएको हो । आयोजकका अनुसार सहभागीहरुले प्रवेशद्धारमा लिएको टिकटले कार्यक्रमको खर्च उठेको र विभिन्न सहयोगदाताहरुले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाए ।  
राजधानीसँगै जोडिएको धादिङस्थित खादिङ्ग गाउँ भने निकै विकटमा पर्दछ । भूकम्पले ध्वस्त पारेको पनि करिब ३ वर्ष पुगिसकेको अवस्थामा पनि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पालमुनि पढ्न बाध्य भइरहेको जानकारी पाएपछि सो विद्यालयको पुनर्निर्माणमा तमुधिं युके जुटेको हो ।  
एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पाहार ट्रस्ट नेपालका चेयरमेन हवार्ड ग्रिन, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, डिक ग्रोथर, पहार ट्रस्ट नेपालका संस्थापक सदस्य क्याप्टेन रिटायर्ड पूर्ण गुरुङ, युके नेपाल फ्रेन्डसीप सोसाईटीका चेयरमेन अलेन, डा.रेमण्डलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।  
करिब ३०० जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा तमुधिं युकेका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सुर्जे (रामचन्द्र) गुरुङले सबै अतिथिहरुलाई स्वागत गर्दै सो क्षतिग्रस्त विद्यालयको पहार ट्रस्ट नेपालसँगको सहकार्यमा बनाउन लागेको जानकारी दिए । विशेष अतिथि एवं पहार ट्रस्ट नेपालका चेयरमेन हवार्ड ग्रिन एमबिईले पहार ट्रस्ट नेपालले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउँदै सो विकटमा रहेको विद्यालयको पुनर्निर्माणमा जुटेकोमा तमुधिं युकेलाई धन्यवाद दिए । 
गोर्खा कप, नेपाली मेला, ल्होछार, लाईफ मेम्बर डिनर नाईट, कफी मर्निङ्ग, रेस फर लाईफ, हेल्प फर हिरोजजस्ता कार्यक्रमबाट बचत भएको रकम कहिले नेपाल र कहिले बेलायतको स्थानीय संघसंस्थाहरुलाई सहयोग गर्दै आइरहेको तमुधिं युकेका सल्लाहकार एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङले च्यारिटी डिनरको आवश्यकताबारे चर्चा गरेका थिए । त्यस्तै, खादिङ्ग घर भई हाल बेलायतमा रेस्टुरेन्ट व्यवसायी गर्दै आएका भिम गुरुङले स्थानीय बासिन्दाको हैसियतले सो गाउँ र विद्यालयको वास्तविकता जानकारी गराउँदै सहयोगका लागि अपील गरे । 
कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले तमुधिं युकेले गर्दै आएको परोपकारी कार्यहरुको प्रशंसा गर्दै सो विद्यालयको पुनर्निर्माणमा आपूmले एक लाख पाँच हजार रुपैयाँ सहयोग गर्ने जनाए । त्यस्तै, कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा जुटिरहेको तमुधिं युकेको प्रशंसा गर्दै सबैलाई सहयोग गर्न अनुरोध गरे । 
आयोजक तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु, संयोजक, कार्यसमिति, आमा समूह, मिडिया, साउण्ड, एम्पायर हल, फोटो तथा भिडियोग्राफरलगायत उपस्थित सबैलाई धन्यवाद दिँदै तमुधिं युकेको स्थापनाको उद्देश्यलगायत हालसम्म गरेका विभिन्न परोपकारी कार्यहरुको बारेमा जानकारी दिएका थिए । 
तमुधिं युकेले हालसम्म गर्दै आएको विभिन्न परोपकारी कार्यहरु समेटिएको ८ मिनेट लामो वृत्तचित्र समेत प्रस्तुत् गरिएको थियो । आफ्नो भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्दै आएको तमुधिं युकेले आप्mनो कला र संस्कृतिको जर्गेना गर्दै विभिन्न परोपकारी कार्यहरु गर्दै आएको, एनआरएनएले भूकम्पबाट ध्वस्त भएको गोर्खा जिल्लाको लाप्राक गाउँमा निर्माण गरिरहेको नमुनाबस्तीको सहयोगगार्थ तमुधिं युकेले १ करोड ११ लाख ११ हजार ११ पाउन्ड र नेपाली दूतावास लन्डनमार्फत प्रधानमन्त्री दैविक उद्धार कोषमार्फत पीडितहरुलाई १० लाख रुपैयाँ प्रदान गरिएको सो वृत्तचित्रमार्फत जानकारी गराइएको थियो । गतवर्ष भारी वर्षात्का कारण तराईको सिरहा र सप्तरीको डुबानमा परेका पीडितहरुलाई एनआरएनएमार्फत १० लाख रुपैयाँ संकलन गरेर प्रदान गरिएको जनाइएको थियो ।  
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको सो च्यारिटी डिनर नाईटमा यशोदा गुरुङले राफल ड्र र महासचिव कृष्णप्रसाद गुरुङले लिलाम बढाबढको कार्यक्रम सञ्चालन गरेका थिए । उनलाई आकाश गुरुङले साथ दिएका थिए । 
त्यस्तै, कोषाध्यक्ष दीपक गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङले सहयोगदाताहरुले गरेको प्रतिबद्धता रकमको रेकर्ड राखेका थिए भने आमा समूह पाहुनाहरुको स्वागतमा जुटेका थिए । 
सपन राईले साउण्ड सिस्टम, मिलन तमुले फोटो, सविन्द्रकुमार गुरुङ र विशन गुरुङले भिडियोग्राफी गरेको कार्यक्रममा गायिका ममता गुरुङ, सपन राई र चेतन गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए भने विष्णु गुरुङ, हेलिसा गुरुङ र सिर्जना गुरुङले आकर्षक नृत्य प्रस्तुत् गरे । 
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न सो च्यारिटी डिनर नाईटको औपचारिक कार्यक्रमलाई सचिव तुलराम गुरुङले सञ्चालन गरेका थिए भने सांस्कृतिक सचिव कृष्ण गुरुङ र सल्लाहकार सूर्य गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।