7888656517 dheetamu@gmail.com
31295209 2150282448335242 8644763281212309504 O

बेलायतमा रहेको तमु धी युकेले धादिङको रुबि भ्याली गाउँपालिका वडा नं. ६ खादिङमा भुकम्पबाट क्षेतिग्रस्त रहेको हिमालयन सरस्वती माध्यामिक विद्यालयको पुनः निर्माण गर्ने भएको छ । आज खादिङ पुगेको तमु धी युकेको टोलीले वर्षयाम अगाडि नै विद्यालयको पुनः निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै तमु धी युकेका अध्यक्ष ज्ञाम गुरुङले सरकारको ध्यान पुग्न नसकेको खादिङ गाउँमा अब तमु धी युकेले विद्यालय पुनः निर्माण गर्ने बताउनु भयो । साथै उहाँले समयमै योजना सम्पन्न गर्नका लागि स्थानीयलाई श्रमदानमा सहयोग गर्न आग्रह गर्नुभयो । यस्तै पाहार ट्र्स्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले योजना समयमै सम्पन्न गर्नका लागि आफुहरु निरन्तर प्रयासरत रहेको बताउनु भयो । खादिङ गाउँमा उक्त विद्यालय निर्माण गर्नका लागि तमु धी युकेले आर्थिक सहयोग गरेको छ भने पाहार ट्रस्ट नेपालको प्राविधिक सहयोग रहेको छ । सो विद्यालय भवन निर्माण गर्नको लागि तमु धी युकेको ५० लाख र स्थानीयको जनश्रमदान गरि करिब ६० लाखको लागतमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको तमु धी युकेका सल्लाहकार जुमकाजी गुरुङले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक निरबहादुर गुरुङले गर्नुभएको थियो । कक्षा ८ सम्म पठनपाठन हुदै आएको विद्यालयमा हाल १ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको छ । गत मार्च २५ तारिखमा विद्यालय पुनः निर्माणको सहयोगार्थ तमु धी युकेले आयोजना गरेको च्यारिटी डिनरमा ३२ लाख रुपैया संकलन भएको थियो । कार्यक्रममा तमु धी युकेका सल्लाहकारहरु एकेन्द्र गुरुङ, राजु गुरुङ, जुमकाजी गुरुङ तथा उपाध्यक्ष द्वय नन्दजङ गुरुङ र हितकाजी गुरुङ वरिष्ठ फोटोग्राफर मिलन तमु तमु धी युकेका सदस्य भिम गुरुङ लगायतको सहभागिता रहेको थियो । भौगोलिक रुपमा अत्यन्तै विकट ठाउँमा रहेको खादिङ गाउँ समुन्द्री सतहदेखी २०४० मिटरको उचाईमा रहेको छ । १८० घरधुरी रहेको खादिङमा गुरुङ जातिको बाहुल्य रहेको छ । तमु धी युकेको टोलीलाई खादिङ बासीले फुलमाला खादा र प्राचीन मारुनी नाचले स्वागत गरेका थिए ।