7888656517 dheetamu@gmail.com
201609031472948808id

लण्डन

201609031472948808idक्याम्पटन पार्क । हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरवको नाराका साथ आठौं नेपाली मेला विविध कार्यक्रम सहित सम्पन्न भएको छ । गत आइतबार २८ अगष्ट २०१६ का दिन लण्डनस्थित क्यँम्पटन पार्क, रेसकोर्षमा सम्पन्न भएको नेपाली मेलाको एम्बेस्डर कप लमजुङ समाज यूकेले हात पारेको छ । करीब ९००० को उपस्थिति रहेको उक्त नेपाली मेलाको तमूधिं यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, प्रमुख अतिथि एवं नेपाली दूतावास लण्डनका कार्यबाहक राजदूत शरदराज आरन, बिशेष अतिथि नेपालका सांसद डा. गणेशमान गुरुङ र स्थानीय  ब्रेन्ट बोरो काउन्सिलका उपमेयर भगवानजी चोहनले संयुक्त रुपमा दिपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । 

करीब ५० वटा विभिन्न व्यापारिक स्टल राखिएको उक्त नेपाली मेलामा प्रमुख अतिथि आरनले नेपाली मेलाले नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । तमूधिं यूकेका अध्यक्ष गुरुङले बेलायत बासीहरुको साझा कार्यक्रम नेपाली मेलामा उपस्थित भएकोमा सबैलाई धन्यवाद दिदै प्रमुख अतिथि लगायत संघसंस्था र उपस्थित महानुभावहरुमा हार्दिक आभार ब्यक्त गरेका थिए । 

विभिन्न देशका महामहिम राजदूतहरुको पनि बिशेष उपस्थिति रहेको सो कार्यक्रममा मेलाका संयोजक एवं तमूधिं यूकेका उपाध्यक्ष नन्दजङ्ग गुरुङले सबै उपस्थित महानुभावहरुलाई स्वागत गर्दै प्रमुख अतिथिलगायत सबै विशिष्ट पाहुनाहरु, दर्शक, मिडिया, शुभचिन्तकज्यूहरु, त्यसैगरी नेपाली मेलालाई प्रायोजन गर्नुहुने विभिन्न व्यापारिक प्रतिष्ठान, व्यापारी, व्यवसायी र मेला सम्पन्न गर्न महत्वपूर्ण समय दिनहुने कार्यसमितिका साथीहरु, विभिन्न नेपाली संघसंस्था र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आभार प्रकट गर्दै धन्यवाद दिए ।

तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सो कार्यक्रमको औपचारिक कार्यक्रमलाई तमूधिं यूकेका महासचिव हरि गुरुङले संचालन गरेका थिए भने झा“की र नृत्यको सूर्य गुरुङ र विभा गुरुङ संयुक्त रुपमा संचालन गरेका थिए ।

एम्बेस्डर कप लमजुङ समाज यूकेको हातमा

नेपाली दूतावास लण्डनले नेपाली मेलामा उत्कृष्ट झा“की प्रस्तुत् गर्ने विभिन्न संघसंस्थालाई सन् २०१० देखि एम्बेस्डर कपको प्रायोजन गर्दै आएको छ । गतबर्ष मगर संघ यूकेले जितेको सो एम्बेस्डर कप यसबर्ष लमजुङ समाज यूकेले हात परेको छ ।  २९ वटा संघसंस्थाले भाग लिएको झा“की तथा नृत्य मध्ये लमजुङ समाज यूकेले प्रथम स्थान हासिल गरेको हो । त्यस्तै सोपाल समाज यूकेले दोस्रो स्थान हासिल ग¥यो भने मगर संघ यूकेले तेश्रो स्थान हासिल ग¥यो ।

आ–आफ्नो जातीय, क्षेत्रीय र भेगीय पहिचान र संस्कृति झल्कने झा“की तथा नृत्य प्रस्तुत् गरिएको उक्त मेलाको मुख्य आर्कषणको रुपमा रहेको झा“कीले क्याम्पटन पार्कलाई नेपालमय बनाएको थियो । प्रथम भएका लमजुङ समाज यूकेलाई नेपाली दूतावास लण्डनका कार्यबाहक राजदूत आरन र अध्यक्ष गुरुङले एम्बेस्डर कप प्रदान गरेका थिए । सो अवसरमा प्रथम हुनेलाई एकहजार १ सय पाउण्ड, दोस्रोलाई ७ सय पाउण्ड र तेस्रो हुनेलाई ४ सय पाउण्डको चेक हस्तान्तरण गरिएको थियो । उक्त झा“की तथा नृत्य प्रतियोगिताको दुत पुन ‘चिमखोले काईला’, एकेन्द्र गुरुङ, विश्वासदीप तिगेला, वाचस्पति रेग्मी र शेरबहादुर पुनले निर्णायकको भूमिका खेलेका थिए ।

सो प्रतियोगिताको नृत्यतर्फ लमजुङ समाज यूके प्रथम र सोपाल समाज यूके दोस्रो बनेको थिए भने झांकीतर्फ लमजुङ समाज यूके प्रथम र मगर संघ यूके दोस्रो भएका थिए । सो बिजयी संस्थाहरुलाई पुरस्कारका प्रायोजकहरुले नगद पुरस्कार प्रदान गरिएको थियो ।

युवाहरुको लाइभ म्यूजिकसहित कन्सर्ट 

नेपाली मेलामा युवाहरुको सहभागितालाई बाक्लो बनाउ“दै नेपाली कला र संस्कृतिलाई हस्तान्तरण गर्ने उद्देश्य अनुरुप यसबर्षको नेपाली मेलामा युवाहरुले लाईभ म्यूजिक प्रस्तुत् गरे । विभिन्न गीतहरुमात्र गाइएको उक्त लाईभ म्यूजिकमा युवाहरुले करीब दुईघण्टा कन्सर्ट गरेका थिए । उक्त कन्सर्टलाई धिरज मगर र निशा गुरुङले संयोजन गरेका थिए ।

राफल ड्र

नेपाली मेलाको अर्को आर्कषण भनेको राफल ड्र पनि थियो । झा“की तथा नृत्य सकिएपछि दर्शकहरुले लिएको टिकटको आधारमा राफल ड्र गरिएको थियो । उक्त राफल ड्रका प्रथम बिजेतालाई ट्राभल्स कन्सुलका प्रोपाईटर बिराज भट्टले लण्डन–काठमाडौं–लण्डनको हवाई टिकट पुरस्कार स्वरुप प्रदान गरेका थिए । दोस्रो र तेस्रो बिजेता भने अनुपस्थित थिए । उनीहरुलाई पछि आयोजक तमुधिं यूकेले सुचना प्रकाशन गरी पुरस्कार वितरण गरिने जनाएको छ ।

विभिन्न देशका राजदूतहरुको उपस्थिति 

नेपाली दूतावास लण्डनको बिशेष निमन्त्रणामा करीब २०÷२२ वटा देशका राजदूत, कुटनैतिक अधिकारी र प्रतिनिधीहरुको बिशेष उपस्थिति रहेको थियो । उनीहरुले बहुसंस्कृतिका धनी नेपालको कला र संस्कृतिलाई बडो चासोका साथ हेरेका थिए ।

मौसम

बेलायतमा ठूला÷ठूला कार्यक्रमहरुको आयोजना गरिदा मौसमलाई पनि बिशेष रुपमा हेर्ने गरिन्छ । गत आइतबार सम्पन्न भएको नेपाली मेलाका दिन शुरुमा पानी परेता पनि मध्यान्तर भने मौसमले पूर्ण रुपमा साथ दिएको थियो । कहिले घाम,  कहिले पानी र कहिले बादल मडारिने क्रम हुदाहुदै कार्यक्रम समापन भएको थियो । धेरैले ठूलो पानी पर्ने पूर्वअनुमान गरेता पनि ऐतिहासिक नेपाली मेलालाई भने मौसमले साथ दिएको थियो 

error: Content is protected !!