Mortgage Free Campaign
मैले गत वार्षिक साधारण सभा मा एउटा प्रस्ताव राखेको थिए जुन हाम्रो तमु धि लाई मोर्ट्गेज अनि ऋण बाट मुक्त गराउने भन्ने बारेमा । कोषाध्याक्ष को प्रतिबेदन अनुसार हाल सम्म हाम्रो मोर्ट्गेज £७८००० अनि ऋण £३०००० तिर्न बाकी रहेको जानकारीमा आएको छ । त्यसर्थ प्रत्येक महिना मोर्ट्गेज, बिजुलि, पानी, काउन्सिल ट्याक्स अनि ग्यास को बिल मात्र झन्डै £१५०० को हाराहारी मा तिर्नु पर्ने कुरा जानकारीमा आएको छ । हाम्रो आम्दानी भनेको घर भाडा मा दिनु हो जस बाट महिना मा मुस्किलले £८००-९०० आम्दानी हुन्छ, सो आम्दानी भन्दा खर्च धेरै भएको हुँदा हाम्रो कोष खाली हुँदै गएको छ । अब यस समस्या बाट उम्कन एउटा मात्र उपाय छ जुन तपाईं हामी सबै मिलेर मेरो यस प्रोजेक्ट मा सहभागी भै तमुधी लाई ऋण मुक्त गर्नु ।
प्रत्येक ब्यक्ती बाट £५०० (बिना ब्याज्) ऋण स्वरूप दिनु भयो भने हामीलाई जम्मा २१६ जना सदस्यको मात्र आवश्यक पर्छ । हाल मा तमुधी मा आजिवन सदस्य मात्र झन्डै ५०० भन्द धेरै छन । सबै जना ले चासो दिएमा £५०० पनि पर्दैन । यो रकम ऋण स्वरूप हो अनि तमुधी ऋण मुक्त भए पछि अनि हाम्रो कोष मा पैसा भएसी प्रतेक महिना एक जना लाई ऋण फिर्ता गराउने छौ ।
यदी तपाईं हरु ले एक मुष्ठ मा £५०० दिनु सक्नु भएन भने प्रत्येक महिना £१०० को दर ले दिनु भए पनि हुन्छ । हामीले तमुधी लाई ऋण बाट मुक्त गराउन सक्यौ भने रहेको काम हरु जस्तै कार पार्क, घर बढाउन अनि घर भित्र का काम हरु गर्न मद्दत पुग्ने छन ।
आदरणीय तमु साथी हरु सबै जना ले एक छिन सोच्नुहोसI अनि यस प्रोजेक्ट मा सहभागी बनी यस प्रोजेक्ट लाई सफल गराउन म सबै लाई हार्दिक अनुरोध गर्दछु । अब हामी ले नगरे कस्ले गर्ने अनि अहिले नगरे कहिले गर्ने भन्ने नारा लाई आत्मासात गरी यस अभियान मा सह्भागी भाई तमुधी लाई ऋण बाट मुक्त गरौ ।
यस प्रोजेक्ट बारे थप जानकारी व सहभागी हुन चाहेमा मलाई ०७७९८५६३२५१ मा सम्पर्क गर्नु होला । त्रुटी हरु भएमा मिलाएर पढ्नु होला ।
जय तमुधि यू. के.
सधै तमुधी को भलो चाहने
मेजर खुशीमान गुरुङ