
लन्डन ९ जनवरी । तमुधिं यूकेले गायिका पवित्र गुरुङको बिदाइ गरेको छ । बेलायतको मिचेटस्थित तमुधिं भवनमा शनिबार आयोजित एक कार्यक्रममा गायिका गुरुङलाई संस्थाको तर्फबाट उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक जुमकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङलगायतले बिदाई गरेका हुन् । बिदाईका क्रममा गायिका पवित्रलाई उपाध्यक्ष हरि गुरुङले मायाको चिनो र संयोजक जुमकाजीले गिटार उपाहार दिएका थिए ।
तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ कोरोना भाइरस संक्रमणका कारण उपस्थित भएनन् ।
महासचिव परशु गुरुङले सञ्चालन गरेको कार्यक्रममा तमुधिंका सांस्कृतिक सचिव साधुराम गुरुङ, पदाधिकारी, सल्लाहकार एकेन्द्र गुरुङ, कार्यसमिति सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रमको अन्तमा गायिका गुरुङले रमाइला गीतहरु प्रस्तुत गरेर प्राय: सबैलाई नचाइन् । त्यस्तै गायिका गुरुङले पनि तमुधिं यूकेलाई मायाको चिनो प्रदान गरिन् । कार्यक्रममा कोरोना जोखिमका कारण सामाजिक दुरी कायम गरिएको थियो ।
तमुधिं यूकेको निमन्त्रणमा गत २४ डिसेम्बर २०२१ मा बेलायत आएकी गायिका गुरुङ यही १२ जनवरीमा नेपाली फर्कँदै छिन् ।