मिचेट । तमुधिं यूकेको नवौं कार्यसमितिको पहिलो बैठक गत शनिबार तमुधिं भवन मिचेटमा सम्पन्न भएको छ । बैठकले वर्तमान सल्लाहकारहरुलाई निरन्तरता दिँदै नयाँ सल्लाहकारहरु थप गर्ने निर्णय गरेको छ । नयाँ सल्लाहकारहरुलाई १९ फ्रेबु्रअरीका दिन स्वागत गर्ने अध्यक्ष ज्ञाम गुरुङले बताए ।
बैठकमा अध्यक्ष गुरुङले आगामी बर्षमा गरिने विभिन्न कार्ययोजनाको रुपरेखा प्रस्तुत् गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरुबीच एकअर्कामा परिचय गराएका थिए । सो कार्ययोजनाहरुको बारेमा व्यापक रुपमा छलफल गरिएको थियो । तमुधिं यूकेले आयोजना गर्दै आएको विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गर्दै गोर्खा कप फुटबल प्रतियोगिता संयोजनका लागि खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका लागि निवर्तमान महासचिव हरि गुरुङ, लाईफ मेम्बर डिनर नाईटका लागि सचिव तुलाराम गुरुङ, नेपाली मेलाका लागि उपाध्यक्ष हितकाजी गुरुङ र ल्होछार कार्यक्रमका लागि वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङ र डा. हर्क गुरुङ अवार्डको निवर्तमान महासचिव हरि गुरुङ तथा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलाई संयोजकमा चयन गरेको छ ।
साथै, सो बैठकमा आठौं कार्यसमितिका आमा समूहकी अध्यक्ष पवित्र गुरुङलाई बिदाई तथा नयाँ आमा समूहकी अध्यक्ष प्रेमा गुरुङलगायत नयाँ आमा समूहलाई स्वागत गरिएको थियो । सो बैठकले आमा समूहको उपाध्यक्षमा जगतमाया गुरुङ र सीता गुरुङ, सचिवमा यसोदा गुरुङ, कोषाध्यक्षमा जसु गुरुङ र सहकोषाध्यक्षमा यमति गुरुङलाई चयन गरेको छ । आमा समूह गठनको कार्यक्रमलाई सल्लाहकार मञ्जु गुरुङ राईले सञ्चालन गरेका थिए । अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न सो बैठक महासचिव कृष्ण गुरुङले सञ्चालन गरेका थिए ।

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र
आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु


