तमुधिं यूकेका महासचिव हरि तमुलाई तमुधिं नेपालमा स्वागत

लण्डन

पोखरा । यूकेमा सबैभन्दा शक्तिशाली जातीय संस्थाको रुपमा स्थापित तमुधिं यूकेका महासचिव हरि तमु र उनको धर्मपत्नी सन्ध्या तमुलाई तमुधिं नेपालले आइतबार एक कार्यक्रमकाबीच स्वागत गरेको छ ।201612161481930457id

पोखरा–९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा यूकेबाट छोटो घरबिदामा पोखरा आएका महासचिव हरि तमु र सन्ध्या तमुलाई तमुधिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाएर स्वागत सम्मान गरेकी हुन् । स्वागत ग्रहण गर्दै महासचिव हरि तमुले तमुधिं नेपाल जस्तो सबैले गर्व गर्ने संस्थाको स्वागत पाउँदा आफू अत्यन्तै हर्षित भएको बताउँदै तमुधिं नेपाल र तमुधिं यूकेको सम्बन्ध सधैं प्रगाढ रहने बताए । तमुधिं यूकेमा केही वर्षअघिसम्म कार्यसमितिमा बस्नका लागि अनुरोध गर्नुपर्ने थियो अहिले संस्थाको नेतृत्वका लागि होडबाजी नै चल्नु तमुधिं यूकेको प्रतिष्ठा अभिवृद्धि हो भन्दै गर्व गरे ।

उनले आमाहरुले नेतृत्व गरेको संस्था जहाँ पनि अनुकरणीय रहेको बताउँदै तमुधिं नेपाल सबैको उदाहरणीय बनेको भन्दै प्रशंसा गरे ।

यसैबीच, उनले तमुधिं नेपालको संयोजनमा यस वर्ष पोखरामा हुन गइरहेको च्ह्य ल्होछार÷ल्होसार कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दैै २५ हजार रुपैयाँ सहयोग प्रदान गरे । तमुधिं नेपालकी अध्यक्ष कर्म तमुले हरि तमु र सन्ध्या तमुको पोखरा, नेपाल बसाई अत्यन्त सुखद् रहोस् भन्दै जहाँरहे पनि तमुहरुको एकतालाई सबैले जोड दिनुपर्ने बताए ।

यसरी नै कार्यक्रममा राप्रपा नेपाल र राप्रपा एकीकरणपश्चात् कास्कीका सहअध्यक्षको जिम्मेवारी प्राप्त गरेको भन्दै तमुधिं नेपालका कार्यसमिति सदस्य नारायण तमुलाई अध्यक्ष कर्म तमुले खादाद्वारा बधाई ज्ञापनका साथै शुभकामना व्यक्त गरे ।

यस्तैगरी, तमुधिं नेपालअन्तर्गत नागढुंगास्थित नागबेली तमु समाजको अधिवेशनबाट ले.थमबहादुर तमुको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिलाई अध्यक्ष कर्म तमुले खादा लगाई दिँदै बधाई ज्ञापन गर्दै तमुधिं नेपालमा स्वागत गरे ।

तमुधिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सरस्वती तमु र महासचिव गिरीप्रसाद तमुले बोलेका थिए 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »