तमुधिं युकेद्वारा कलाकारको स्वागत तथा सम्मान

मिचेट । तमुधिं युकेले नेपालबाट आएका कलाकारहरुको स्वागत तथा सम्मान गरेको छ । तमु प्ये ल्हु संघ युकेको निमन्त्रणमा बेलायतमा आएका गायक रामकुमार (आरके) गुरुङ, गायिका भिमु गुरुङ, गायक धन गुरुङ, कलाकार पूर्णकुमारी (रुपा) गुरुङ र संगीतविद् झुमा लिम्बूलाई गत आइतबार बुलेकी मिचेटस्थित तमुधिं भवनमा स्वागत तथा सम्मान गरिएको हो । 
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङलगायतले उनीहरुलाई खादा, मायाको चिनो र प्रशंसा पत्र दिएका थिए । त्यस्तै गायक आरके गुरुङले तमुधिंलाई मायाको चिनो प्रदान गरे । उनीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेर मनोरञ्जन समेत गराएका थिए । सो अवसरमा तमुधिं युकेका अध्यक्ष गुरुङले तमुधिं युकेको बारेमा बोलेका थिए भने कलाकारहरुले पनि आ–आप्mना भनाइ राख्दै स्वागत तथा सम्मानका लागि धन्यवाद दिए । 
तमुधिं युकेका आजीवन सदस्य, सल्लाहकार र कार्यसमितिको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई महासचिव कृष्ण गुरुङले सञ्चालन गरेका थिए ।
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »