लन्डन । तमुधिं लन्डन इकाईको अध्यक्षमा चन्द्रबहादुर गुरुङ चयन भएका छन् । उनलाई गत ५ नोभेम्बरका दिन सम्पन्न इकाईको साधारणसभाले चयन गरेको हो ।
नयाँ कार्यसमितिमा चेतबहादुर गुरुङ उपाध्यक्ष, भरत गुरुङ महासचिव, गुणा गुरुङ सचिव, ललितमान गुरुङ कोषाध्यक्ष, नन्दप्रसाद गुरुङ सहकोषाध्यक्ष, सुशील गुरुङ मिडिया संयोजक, कुमार गुरुङ इन्टेरटेन्टन सचिव, नवराज गुरुङ इन्टरटेनमेन सहसचिव, चिनबहादुर गुरुङ भोजन तथा खेलकुद सचिवमा, भोजन तथा खेलकुद सहसचिवमा बेनकुमार गुरुङ, प्रोपर्टी सेक्रेटरीमा ध्रुव गुरुङ, प्रोपर्टी सहसचिवमा जगतकुमार गुरुङ, हेल्थ एन्ड सेफ्टीमा तेजबहादुर गुरुङ र चित्रमाया गुरुङ, महेन्द्र गुरुङ र मानसिङ्ग सदस्यमा चयन भएका छन् ।
त्यस्तै, आमा समूहकी अध्यक्षमा दिलमाया गुरुङ, प्रथम उपाध्यक्षमा कमला (माया), द्वितीय उपाध्यक्षमा देवकला गुरुङ, महासचिवमा हिसिला, सचिवमा गीता गुरुङ, कोषाध्यक्षमा बिना गुरुङ, सहकोषाध्यक्ष तारा गुरुङ, सांस्कृतिक सचिवमा पम्फा गुरुङ, सांस्कृतिक सहसचिवमा लक्ष्मी गुरुङ, संयोजकमा दुर्गा गुरुङ, सहसंयोजकमा शर्मिला गुरुङ र शिला गुरुङ र सिर्जना गुरुङ चयन भए । उनीहरुलाई ह्यारोमा सम्पन्न दसौं वार्षिक साधारणसभाले चयन गरेको हो ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले नवनिर्वाचित अध्यक्षलगायत सबैलाई बधाई दिएका थिए । उनीहरुले आउने ल्होछारदेखि आप्mनो कार्यकाल सम्हाल्ने छन् । त्यस्तै, तमुधिं लन्डनको ५ वर्षसम्म नेतृत्व गरेका दीपक गुरुङ र आमा समूहकी अध्यक्ष होमकुमारी गुरुङको कार्यसमितिलाई समेत धन्यवाद दिए । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ तथा आमा समूहकी अध्यक्ष प्रेमा गुरुङको प्रमुख आतिथ्य र इकाईका अध्यक्ष दीपक (डेविड) गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा तमुधिं युकेका अध्यक्ष तथा आमा समूहकी अध्यक्षलाई स्वागत गरिएको थियो । दीपक गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभालाई उपाध्यक्ष चन्द्र गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए । त्यस्तै, महासचिवले वार्षिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको ले.रि. नारायणप्रसाद गुरुङले जानकारी दिएका छन् ।



