तमुधिं यूकेको १७ औं ल्होछार यसरी मनायो

तमुधिं यूकेले रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा १७ औं ल्होछार कार्यक्रम गरेको छ । उक्त अवसरमा चरा वर्गको विदाइ गर्दै कुकुर वर्गको स्वागत गर्न हजारौं तमुहरु सहभागी भए ।

धर्मगुरुहरु गुप्ती लामा, धुंग्से नम्खा डोर्जे, खेम्पो छेवाङ घले र खेम्पो भगिन्द्र शिला लगायतबाट धार्मिक पूजासहित राती अबेरसम्म सांस्कृतिक कार्यक्रम गरियो । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु नरजंग गुरुङ, मेलिना राई, बीमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ र मन्जु बिकले आ आफ्नो कला प्रस्तुत गरे ।

कार्यक्रममा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई अभिनन्दन तथा प्रशंसा पत्र र यस वर्ष जिसिएसइ र ए लेभलमा राम्रो अंक ल्याइ उत्तिर्ण हुने तमु विद्यार्थीलाई डा. हर्क गुरुङ अवार्ड सम्मान प्रदान गरियो । प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी र तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले अवार्ड प्रदान गरेका थिए । अवार्ड वितरण अघि डा. हर्क गुरुङको व्यक्तित्व तथा योगदानबारे बनाइएको वृत्तचित्र पनि देखाइएको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथी राजदूत सुवेदीले तमुधिं यूकेले बेलायतमा पनि आफ्नो कला संस्कृति र परम्पराको जगेर्ना एवं सामाजिक काममा 
प्रशंसनीय कार्य गरेको बताए । राजदूतले तमुधिं यूके नेपाली संस्कार, संस्कृति र परम्परा बचाउने कार्यमा सधैं क्रियाशिल भएको बताउंदै उनले ल्होछार जस्ता मौलिक पर्वले नेपाली नेपालीबीच अनन्तकालसम्म एकता, आत्मियता र सद्भाव अभिवृद्धिका लागि पुलको काम गरिरहेको समेत बताए ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले खी ल्होछार (कुकुर वर्ग) को शुभकामना व्यक्त गर्दै तमुधिं यूकेले जातीय रुपमा नहेरि अप्ठेरोमा नेपाल र बेलायतका हरेक समुदायलाई सहयोग गरिरहेको अवगत गराए । उनले नेपालको राष्ट्रिय पर्व ल्होछार बेलायतमा संयुक्त मनाउने आफ्नो लामो प्रयास विफल भएको बताउंदै उनले विभाजित नभइ एकजुट हुन तमुहरुलाई आग्रह गरे ।

औपचारिक कार्यक्रम शुरु हुनुअघि तमुधिं यूके सल्लाहकार एवं इभेन्ट सेफ्टी अफिसर क्याप्टेन देव घलेले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराएका थिए

सो अवसरमा राजदूत सुवेदी, विशेष अतिथी रेडिङ बरोका डेपुटी मेयर ग्लेन डेनिस, तमुधिं यूके अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष मीन गुरुङले कार्यक्रम उद्घाटन गर्दै फ्रेन्सीं पत्रिका विमोचन गरेका थिए

महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा संयोजक एवं तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङले तयारी र अन्य विषयमा बोलेका थिए । कार्यक्रममा तमुधिं यूकेका विभिन्न इकाइले नृत्य प्रस्तुत गरे सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, योगेश गुरुङ, गौमाया गुरुङ र निलम गुरुङले सञ्चालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »