तमुधिं युके र गोर्खाली समाज युकेबाट आईसीसी अध्यक्ष भट्टको स्वागत

 एनआरएनए आईसीसीको अध्यक्ष भएपछि पहिलोपटक बेलायत आएका भवन भट्टलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको छ । 
तमुधिं युके र गोर्खाली समाज युकेले संयुक्त रुपमा गत मंगलबार बेलुकी अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा उनीलगायत आईसीसी उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा र युरोप महिला सहसंयोजक संगीता मरहट्टालाई स्वागत गरेका थिए । 
एनआरएनए आईसीसी सदस्य समेत रहेका गोर्खाली समाज युकेका अध्यक्ष जयप्रकाश गुरुङ र तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले अध्यक्ष भट्टलगायतलाई खादा र फेटा लगाई स्वागत तथा सम्मान गरेका थिए । गोर्खाली र तमुधिं युकेका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष भट्टले दुवै संस्थाले गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै एनआरएनएले गर्न लागेको विभिन्न कार्यहरुको बारेमा जानकारी दिए । सो अवसरमा कुमार पन्त, कुल आचार्य, सोम सापकोटा र संगीता मरहट्टाले समेत बोलेका थिए । 
गोर्खाली समाज युके र तमुधिं युकेद्वारा आयोजित कार्यक्रममा गोर्खाली समाज युकेकी उपाध्यक्ष तिलकुमारी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने एनआरएनए युकेका उपमहासचिव विनय अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »