तमुधिं लन्डन इकाईले ल्होछारसँगै दसौं वार्षिकोत्सव मनायो

अल्डरसट । तमुधिं लन्डन इकाईले नेपालको राष्ट्रिय चाडमध्येको एक गुरुङ समुदायको ल्होछार अर्थात् नयाँवर्ष विविध कार्यक्रमका साथ मनाएको छ । गत आइतबार ७ जनवरी २०१८ का दिन ग्रिनफोर्ड हलमा ल्होछार सँगसँगै दशौं वार्षिकोत्सव पनि मनाइएको हो । कार्यक्रमलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं लन्डन इकाईका अध्यक्ष दिपक (डेविड) गुरुङ, धर्मगुरु गुप्ती गुरुङ, एनआरएनए युकेका अध्यक्ष योग फगामी, तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङ, उपाध्यक्ष नन्दजङ्ग गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, सहारा युकेका अध्यक्ष मिन (साइँला) गुरुङ, सोंपाल समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष होमकुमारी गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वलन तथा केक काटी उद्घाटन गरेका थिए । 
कार्यक्रममा नेपालबाट आएका कलाकार, स्थानीय नेपाली कलाकार, इकाईको बिकासमा महत्वपूर्ण योगदान दिएका विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो भने र नयाँ आजीवन सदस्यहरुलाई खादा लगाई स्वागत गरिएको थियो । 
कार्यक्रममा इकाई स्थापना भएको १० वर्ष पूरा भएको र वर्तमान कार्यसमितिको नेतृत्व समेत परिवर्तन भएकोले कार्यक्रमलाई विशेष रुपमा मनाइएको थियो । सो अवसरमा अध्यक्ष दिपक (डेविड) गुरुङले आप्mनो कार्यकालमा महत्वपूर्ण भूमिका खेलेका कार्यसमितिका साथीहरु, सल्लाहकार र आजीवन सदस्यहरुलाई बिशेष धन्यवाद दिँदै आगामी कार्यसमितिको सफल कार्यकालको कामना गरे । सो अवसरमा नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर गुरुङसहितको नयाँ कार्यसमितिलाई खादा लगाई स्वागत गरिएको थियो भने निवर्तमान कार्यसमितिलाई खादा लगाई बिदाइ गरिएको थियो । 
भरत गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा तमुधिं युकेको निमन्त्रणामा नेपालबाट आएका चर्चित गायिका मेलिना राई र नरजङ्ग गुरुङले विभिन्न चर्चित गीतहरु गाएका थिए । त्यस्तै, लमजुङ समाज युकेको निमन्त्रणामा बेलायत आएका चर्चित गायक धन गुरुङ, गायिका बिमा कुमारी दुरा, मञ्जु बिक, तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा बेलायत आएका कलाकारहरु रामकुमार गुरुङ र धन गुरुङका साथै स्थानीय गायिका ममता गुरुङले विभिन्न गीतहरु गाएका थिए । 
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा बिना र हिसिला गुरुङ लगायत स्थानीय कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, सपन राईले साउण्ड सिस्टम, नवराज गुरुङ, प्रकाश गुरुङ र अभियान गुरुङले नृत्य निर्देशन गरेका थिए । सो साँस्कृतिक कार्यक्रमलाई पूर्णचन्द्र गुरुङ र सञ्जु घलेले संयुक्त रुपमा सञ्चालन गरेका थिए । 
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेका अध्यक्ष योग फगामी, उपाध्यक्ष शेर बहादुर सुनार, उपाध्यक्ष पुनम गुरुङ, महासचिव राजकुमार त्रिपाठी, तमुधिं युकेका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य, विभिन्न ईकाईका अध्यक्ष तथा पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । 
इकाईका अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्या. प्रेम गुरुङले स्वागत मन्तब्य दिएका थिए भने सल्लाहकार क्या. नारायण प्रसाद गुरुङले हेन्डओभर तथा टेकओभर कार्यक्रम र महासचिव सुशील गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए । दिउँसो धार्मिक पूजापाठबाट सुरु भएको कार्यक्रम राति साढे दस बजे समापन भएको थियो । 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »