साउथ ईस्ट रिजनल तमुधिं लन्डनले ल्होछार मनायो

प्लमस्टिड । साउथ ईस्ट रिजनल तमुधिं लन्डनले विविध सांस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाएको छ । गत शनिबार लन्डनको प्लमस्टिड सहरस्थित एशियन कम्युनिटी सेन्टरमा ल्होछार मनाएको हो । 
स्थानीय रोयल बरो अफ ग्रिनविचका मेयर काउन्सिलर नोरमन अदम्सको प्रमुख आतिथ्य र नेपाली दूतावास लन्डनका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एसएसएएफए विलविचका सेक्रेटरी गेरी आम्सट्रोङ्ग, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो । 
विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको सो कार्यक्रममा नेपालबाट आएका चर्चित गायिका मेलिना राई, गायक नरजङ्ग गुरुङ र गायिका मौसमी गुरुङले विभिन्न चर्चित गीतहरुका साथै गुरुङ गीतहरु पनि प्रस्तुत् गरेका थिए । त्यस्तै, स्थानीय नेपाली कलाकारहरु शशी गुरुङ, यमु गुरुङ, मुना गुरुङ र सुबिष्मा खत्रीले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिएका दिए । संस्थाका सल्लाहकार सूर्य गुरुङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा आजीवन सदस्य यमु गुरुङको समूहले क्याटरिङ्ग, उपाध्यक्ष कमला गुरुङ तथा आमा समूहले प्रशासनिक, मिलन तमुले फोटोग्राफी, सविन्द्रकुमार गुरुङले भिडियोग्राफी, हेम विष्ट र प्रकाश पौडेलले साउन्ड सिस्टमको व्यवस्थापन गरेका थिए ।  
तमुधिं युकेका पदाधिकारी, आजीवन सदस्य र सल्लाहकारको समेत उपस्थिति रहेको कार्यक्रममा हालै एनआरएनए आईसीसीको सल्लाहकारमा चयन भएका समाजका सल्लाहकार मोहन गुरुङ तथा बनु गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै, संस्थाप्रति महत्वपूर्ण योगदान (हाईएस्ट डोनर तथा स्पोन्सर) दिएका संस्थाका प्रमुख सल्लाहकार क्या. नारायणबहादुर गुरुङ एमभिओ तथा चन्द्रदेवी गुरुङ र उत्कृष्ट गुरुङ पोशाकधारी जीवन गुरुङ तथा रञ्जु गुरुङकी छोरी रेजिना गुरुङ र वेत तथा सुमित्रा घलेका छोरा सेमन घलेलाई खादा लगाई सम्मान गरिएको थियो । 
साउथ ईष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव हरि गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । 
फोटोग्राफी र भिडियोग्राफीको प्रायोजन संस्थाका प्रमुख सल्लाहकार क्या. नारायणबहादुर गुरुङ एमभिओ तथा चन्द्रदेवी गुरुङले गरेका थिए । 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »