तमुधिं युकेद्वारा कलाकारहरुको बिदाइ

मिचेट । तमुधिं युकेले चर्चित गायिका मेलिना राई र गायक नरजङ्ग गुरुङलाई बिदाइ गरेको छ । उनीहरुलाई गत आइतबार १४ जनवरी २०१८ साँझ तमुधिं युकेको मिचेटस्थित तमु भवनमा बिदाइ गरिएको हो । कलाकारद्वय राई र गुरुङ तमु ल्होछारको अवसरमा तमुधिं युकेको निमन्त्रणामा गत २७ डिसेम्बर २०१७ का दिन बेलायत आएका थिए । 
उनीहरु तमुधिं युकेले गत ३० डिसेम्बर २०१७ बेलुकी रेडिङ, सोपाल समाज युकेले ६ जनवरी २०१८ मा ग्रिनफोर्ड, तमुधिं लन्डन इकाईले ७ जनवरी २०१८ ग्रिनफोर्ड र साउथ ईस्ट रिजनल तमुधिं लन्डनद्वारा १३ जनवरी २०१८ बेलुकी प्लमस्टिडमा आयोजित तमुहरुको महान पर्व ल्होछार कार्यक्रममा आप्mनो प्रस्तुती दिएर नेपाल फर्कन लागेका हुन् ।   
तमुधिं युकेको १७औं ल्होछारको अवसरमा बेलायत आएका कलाकारद्वयलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र तमुधिं युके आमा समूहकी अध्यक्ष प्रेमा गुरुङले मायाको चिनो सहित खादा लगाई बिदाई गरेका थिए । सो अवसरमा तमुधिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, कार्यसमिति उपाध्यक्षद्वय नन्दजङ्ग गुरुङ र हितकाजी गुरुङलगायत कार्यसमिति, आमा समूह, आजीवन सदस्य र सल्लाहकारहरुले कलाकारद्वय राई र गुरुङलाई खादा लगाई बिदाई गरेका थिए ।  
तमुहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायिका राईले निमन्त्रणाका लागि तमुधिं युकेलाई धन्यवाद दिँदै बेलायत बसाई अत्यन्त राम्रो रहेको बताइन् । साथै, उनले अध्यक्ष लगायत तमुधिं युकेका अग्रजहरुलाई आप्mनो गीति एल्बम मायाको चिनोको रुपमा प्रदान गर्दै तमुधिं युकेको उत्तरोत्तर प्रगतिको कामना गरिन् । त्यस्तै, गायक गुरुङले ‘तमुहरुकै निमन्त्रणामा बेलायत आउने ईच्छा थियो, त्यो ईच्छा तमुधिं युकेले पुरा गरिदियो’ भन्दै तमुधिं युकेप्रति आभार सहित धन्यवाद व्यक्त गरे । उनले बेलायतको छोटो बसाई अविस्मरणीय भएको बताउँदै तमुधिं युकेको प्रगतिको कामना गरे । 
कार्यक्रममा ल्होछार संयोजक एवं तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग गुरुङले कलाकारद्वयले दिएको प्रस्तुतीले आपूmहरु खुशी भएको बताउँदै सही कलाकारको चयन गरिएको बताए । त्यस्तै, अध्यक्ष ज्ञाम गुरुङले गीतबाटै आप्mनो मन्तब्य शुरु गर्दै कलाकारहरुले अत्यन्तै राम्रो प्रस्तुती दिएर ल्होछार कार्यक्रममा भरपूर मनोरञ्जन प्रदान गरिदिएकोमा कलाकारद्वय राई र गुरुङलाई धन्यवाद दिए । साथै, उनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कलाकारहरुले दिएको सुझावलाई हृदयगमन गर्ने बताउँदै दुवै कलाकारको उज्ज्वल भविष्य एवं उत्तरोत्तर प्रगतिको कामना गरे । तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न भएको बिदाई कार्यक्रम सचिव तुलाराम गुरुङले संचालन गरेका थिए । 
 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »