बीसीसी युकेद्वारा क्होलासोंथार भ्रमण टोलीको स्वागत तथा सम्मान

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गुरुङहरुको उद्गम थलो क्होलासोंथार अध्ययन भ्रमणबाट फर्केको तमुधिं युकेका भ्रमण टोलीलाई स्वागत तथा सम्मान गरेको छ । उनीहरुलाई गत आइतबार ६ मे का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा आयोजित विशेष धार्मिक प्रवचन कार्यक्रममा धर्मगुरु धुपसेङ्ग रिम्पोछे र बीसीसी युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङले धेरै राम्रो कार्य गरेकोमा प्रशंसा गर्दै खादा लगाई स्वागत तथा सम्मान गरेका हुन् । सो अवसरमा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले क्होलासोंथर भ्रमणको बारेमा आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष काजी शेर्पाले बुद्ध धर्मप्र्रतिको आस्था र विश्वासको बारेमा बोलेका थिए भने उपाध्यक्ष हर्क गुरुङले बीसीसी भवनको तला थप र बौद्ध धर्मग्रन्थ युमपतीको अनुवादका बारेमा बोल्दै आर्थिक सहयोगबारे अपील गरे ।

भक्तजनहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा धर्मगुरु धुपसेङ्ग रिम्पोछेद्वारा लामो आयुको अभिषेक प्रदान गरिएको थियो । साथै, उनले नेपाली र अंग्रेजीमा धार्मिक प्रवचन दिएका थिए ।
बीसीसी युकेका अध्यक्ष ले.रि. गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव गोविन्द गुरुङले औपचारिक रुपमा सञ्चालन गरेका थिए भने लामा गुरुङले धार्मिक पाठ गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »