तमुधिं युकेको आजीवन सदस्य रात्रिभोज कार्यक्रम सम्पन्न, चार आजीवन सदस्य ‘आदर्श तमु’ अवार्डबाट सम्मानित

अल्डरसट । तमुधिं युकेको विकास र उत्थानमा विशेष योगदान दिएका आजीवन सदस्यहरुलाई ‘आदर्श तमु’बाट सम्मान गरिएको छ ।

गत शनिबार २७ अक्टोबर साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजित आजीवन सदस्य रात्रिभोजमा तमुधिं युकेले उनीहरुलाई सम्मान गरेको हो । ‘आदर्श तमु’ अवार्डबाट सम्मानित हुनेहरुमा तमुधिं युकेका सल्लाहकार अनेरेरी क्या.रि.राजु गुरुङ, तमुधिं रसमुर सर्रे इकाईका अध्यक्ष उत्तरबहादुर गुरुङ, तमुधिं युकेका प्रतिनिधि मेजर (रि) लक्ष्मीप्रसाद गुरुङ एमभिओ बिईएम, सल्लाहकार ले.रि. नारायणप्रसाद गुरुङ बिईएम छन् । उनीहरुलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले अवार्ड प्रदान गरेका थिए ।


कार्यक्रममा सल्लाहकार तथा नेपाल प्रतिनिधि मेजर गुरुङ स्वयं उपस्थित हुन नसकेको व्यहोरासहितको शुभकामना सन्देश भिडियो पठाएका थिए । त्यस्तै, यस वर्षको उत्कृष्ट तमु पोशाकधारी षुरुषतर्फ बुद्धि गुरुङ र महिलातर्फ चन्द्रदेवी तमु पुरस्कृत भएका थिए ।

तमुधिं युकेले आजीवन सदस्यहरुबीच परिचय गर्ने, एकअर्कामा भेटघाट गर्ने, संस्थाप्रति चिन्तन गर्ने र संस्थाको विकासमा अहोरात्र खट्दै आएका आजीवन सदस्यहरुमध्येबाट उत्कृष्ट आजीवन सदस्यलाई ‘आदर्श तमु’को उपाधिले सम्मान गर्ने उद्देश्यका साथ सन् २०१३ सालदेखि प्रत्येक वर्ष आजीवन सदस्य रात्रीभोज आयोजना गर्दै आएको छ ।

यसअघि पूर्वअध्यक्ष मेजर डमर घले एमबिई, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, संस्थाका सल्लाहकारहरु लेप्टन चन्द्र गुरुङ, क्याप्टेन तिर्थ गुरुङ, सूर्य गुरुङ, क्याप्टेन चित्र गुरुङ, इन्सपेक्टर खेम गुरुङ, मोहन गुरुङ, एकेन्द्र गुरुङ, जुमकाजी गुरुङ, हरि गोविन्द गुरुङ र दिपक अर्थात् डेविड गुरुङ आदर्श तमु बनिसकेका छन् ।

कार्यक्रममा आदर्श तमुहरुको बारेमा सल्लाहकार एकेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङ, महासचिव कृष्णप्रसाद गुरुङ र सचिव तुलाराम गुरुङले बोलेका थिए । त्यस्तै, कार्यक्रममा तमुधिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, सहसचिव हित काजी गुरुङ र कोषाध्यक्ष सूर्य गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो ।

तमुधिं युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी सुरु गरिएको कार्यक्रममा लाईफ मेम्बर डिनर नाईटसम्बन्धी भिडियो प्रस्तुति, गीत तथा नृत्य प्रस्तुत् गरिएको थियो ।
कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि यसअघि नै कार्यसमितिले सचिव तुलाराम गुरुङको संयोजकत्व र सहकोषाध्यक्ष कुमार गुरुङको सहसंयोकत्वमामा लाईफ मेम्बर डिनर नाईट आयोजक समिति गठन गरिएको थियो ।
राफल ड्र समेत खेलाइएको कार्यक्रममा विभिन्न आजीवन सदस्यहरुले पुरस्कारको प्रायोजन गरेका थिए । जुन कार्यक्रमलाई सल्लाहकार कमल गुरुङले संयोजन गरेका थिए ।

आमा समूहका पदाधिकारीहरु प्रवेशद्वारमा आजीवन सदस्यहरुलाई स्वागतमा जुटेका थिए भने आजीवन सदस्य गम (गोरे) गुरुङ र ज्ञानु गुरुङले तमु पोसाकको निर्णायकको भूमिका खेलेका थिए । त्यस्तै, वेभ मास्टर सविन्द्रकुमार गुरुङले फेसबुक लाईफ र अफिसियल फोटोग्राफर मिलन तमुले फोटो खिचेका थिए ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव कृष्ण गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने सांस्कृतिक सचिव कृष्ण गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »