१७ औ गोर्खा कपमा यहि २६ मे बिहान ८ बजे बाट यसरी शुरु हुदै

नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

उक्त कुरा आयोजक तमुधिं यूकेले गत आइतबार १९ मे का दिन मिचेटस्थित तमु धिं भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । आउँदो आइतबार २६ मे का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं प्रतियोगितामा ३२ मुख्य र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

सन् २००३ साल देखि प्रत्येक बर्ष संचालन गर्दै आएको गोर्खा कपको निकै लोकप्रियता बढ्दै आएको छ । उक्त प्रतियोगितामा भाग लिनका लागि यसपटक हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हङकङबाट समेत नेपाल फुटबल टिम आउने भएको छ ।

करिब ४५ हजार पाउण्ड खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य खेलतर्फ प्रथम हुने टिमले २५ सय पाउण्ड नगद, दोस्रोले १५ सय पाउण्ड ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, भेटे«नतर्फ प्रथम हुनेलाई १२ सय पाउण्ड र दोस्रो हुनेलाई ८०० पाउण्ड, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । साथै, टप स्कोरर र वेष्ट प्लेयरका लागि पनि पुरस्कारको विशेष व्यवस्था गरिएको आयोजक तमुधिं युकेका खेलकुद सचिव एवं प्रतियोगिता संयोजक क्याप्टेन पिताम्बर गुरुङले जानकारी गराए ।

उनले इभेन्टमा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको जानकारी गराउदै ५० वटा सेक्युरिटटी अफिसर, ३० जना ट्राफिक मार्शल र २० जना स्वयंसेवक गरी करिब १०० जना सुरक्षाका लागि आन्तरिक व्यवस्था गरिएको छ भने स्थानीय प्रहरीले समेत बिशेष निगरानी राख्ने जानकारी दिए । त्यस्तै, आपतकालिन अवस्थाका लागि हेलिप्याड, मेडिकल समूह, फायर सेप्mटी ग्रुप र इमेरजेन्सी द्वारको समेत व्यवस्था मिलाईएको जनाए ।

करिब ७ हजार देखि १० हजार दर्शकहरुको उपस्थिति हुने अपेक्षा गरिएको सो प्रतियोगितामा करीब २००० कार आउन सक्ने र ती कारको पार्किङ्गको व्यवस्था मिलाइएको जनाए । साथै, मौसम खराब भएको अवस्थामा वैकल्पिक कार पार्कको समेत व्यवस्था मिलाइएको बताए । त्यस्तै, १० वटा रेष्टुरेण्ट, ४० वटा हस्तकला तथा व्यापारीक स्टल र केही स्वयंसेवक स्टलहरु रहने छन् ।

रस्मोर बरो काउन्सिल सबैभन्दा बढी नेपाली बसोबास रहेको मानिएको काउन्सिल हो । सो काउन्सिलकी नवनियुक्त मेयर सु कार्टरको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको कार्यक्रममा नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, स्थानीय अधिकारी, प्रहरी, ब्रिडेग अफ गोर्खाजका अधिकारीहरुको बिशेष उपस्थिति रहने छ । करीब २२० जना आगन्तुकहरुलाई आमान्त्रण गरिएको सो कार्यक्रममा ‘एफ ए’ लिगका अधिकारीको समेत बिशेष उपस्थिति हुनेछ भने गतबर्ष झै यसबर्ष पनि ‘एफ ए’ कपको बिशेष प्रर्दशन गरिने छ ।

तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङले गोर्खा दशौं कार्यसमितिको पहिलो कार्यक्रम रहेको जानकारी गराउदै सबैको साथ र सहयोगको अपेक्षा राखे । उनले गोर्खा कपकै कारण नेपाली युवाहरुको खेलप्रति आर्कषण बढ्दै आएको र कतिपय खेलाडिहरुले अवसर समेत पाएको बताउँदै सो प्रतियोगिताबाट नेपाली कला र संस्कृतिको समेत प्रवद्र्धन भएको विश्वास व्यक्त गरे । 
गोर्खा कप, फुटबल प्रतियोगिता संगसैगै नेपालीहरुको भेटघाट र व्यापार प्रवद्र्धनको थलो बन्दै आएको छ । 
सो प्रतियोगिताबाट वचत रकम भएको परोपकारी क्षेत्रमा सहयोग गर्दै आएको छ र यसपटक गोर्खा वेलफेयर ट्रष्ट र रस्मोर बरो काउन्सिललाई सहयोग गरिने आयोजक संस्था तमुधिं यूकेले जनाएको छ ।

साधारणतर्फ २ पाउण्ड प्रवेश शुल्क तोकिएको सो प्रतियोगितामा प्यारा डिस्प्ले, राफल ड्र, खुकुरी डान्स, कल्चरल डान्स, मेलिटरी डिस्प्ले र एनआरएनए युकेले निःशुल्क स्वास्थ्य शिविर समेत राखिने भएको छ ।

तमुधिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं आमा समूह लगायत सल्लाहकार, शुभचिन्तक र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »