१७औं गोर्खा कप भब्यताका साथ सम्पन्न

 नेपाल समुदाय बेलायतमा अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को उपाधी एफ.सी.तुङ्बाले हात पारेको छ । आइतबार २६ मेका दिन तमुधिं युकेको आयोजनामा अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा गोर्खा कपको १७औं संस्करण सम्पन्न भएको हो ।

निर्धारित समयमा खेल १–१ गोलमा टुंगिएपछि पेनल्टी सुट आउटमा रेडिङ्ग युनिटीलाई २ को विरुद्ध ४ गोल प्रहार गरी एफ.सी.तुङ्बा विजयी टिम बन्न सफल भए ।

त्यस्तै, भेट्रानतर्फ निर्धारित समयमा ० विरुद्ध ० गोल भई खेल बरावरीमा टुंगिएपछि पेनल्टी सुट आउटमा ईलाम एफसीलाई २ विरुद्ध ३ गोल हानी केन्ट एफ.सी. विजयी बने ।

३२ टिमले भाग लिएको मुख्य खेलतर्फको खेलमा रेडिङ्ग युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी बने भने एलजी लायन्सका जर्सी नं. १० सबभन्दा बढी गोल हान्ने खेलाडी बन्न सफल भए ।

त्यस्तै, १० वटा टिमले भाग लिएको भेट्रान खेलतर्फ एफ.सी. केन्टका भास्कर राई टप स्कोरर बने भने एफ.सी. केन्टकै दिल्लीराज थापा म्यान अफ दि म्याच बन्न सफल भए ।

मुख्य खेलतर्फको विजयी टिमलाई २ हजार ५०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, उपविजेता टिमलाई १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणत्र प्रदान गरियो ।

भेट्रानतर्फको विजयी टिमलाई १ हजार २०० पाउण्ड नगद, शिल्ड, खेलाडीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । उपविजेता टिमलाई ८०० पाउण्ड नगद पुरस्कार, खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

उक्त विजेता र उपविजेता टिमहरुलाई प्रमुख अतिथि एवं रस्मोर बरो काउन्सिलकी काउन्सिलर मेयर सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स, गोर्खा कपमा मुख्य प्रायोजक आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, चिनचिन, शिरोमणी दवाडी, प्रकाश घिमिरे, बाइसन सोलिसिटर्सकी रवियन अलि, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, मेक्सओर्थ एकाउण्टेन्टस्का राकेश गुरुङ, गोर्खा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा किचन रेष्टुरेण्ट बेजिङ्गस्टोकका एमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा तमुधिं युकेले गोर्खा वेलफेयर ट्रष्टलाई ५०० पाउण्ड, रस्मोर बरो काउन्सिललाई ५०० पाउण्ड र विल्डीङ्ग ट्रष्टलाई ३०० पाउण्ड च्यारिटी रकम हस्तान्तरण गरे ।

करिब १० हजार दर्शकको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स लगायतले गोर्खा कप फुटबल प्रतियोगिताको बारेमा बोलेका थिए ।

त्यस्तै, तमुधिं युकेका खेलकुद सचिव एवं गोर्खा कप संयोजक क्याप्टेन पिताम्बर गुरुङले प्रतियोगिताको बारेमा बोलेका थिए भने तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले खेलाडी, टिम, प्रायोजक, प्रमुख अतिथि, अतिथि, स्टल उद्यमी, व्यापारी, सहभागी लगायत तमुधिं युकेका स्वंयसेवक, कार्यसमिति, सल्लाहकार, युथ, आमा समूहलगायत सबैलाई धन्यवाद दिए ।

तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव तुलाराम गुरुङले संचालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »