तमु धिं युकेको १९ औं साधारणसभा सम्पन्न

    तमु धिं युकेको १९ औं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार १६ नोभेम्बरका दिन तमु धिं भवन मिचेटमा सम्पन्न भएको हो । उक्त साधारणसभालाई तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र अध्यक्ष नन्दजङ्ग गुरुङले दिपप्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
    कार्यक्रममा तमु धिं युकेका कोषाध्यक्ष कुमार गुरुङले आर्थिक प्रतिवेदन र महासचिव तुलाराम गुरुङले कार्यसमितिको  प्रतिवेदन प्रस्तुत् गरेका थिए । उनीहरुले प्रस्तुत् गरेको दुवै प्रतिवेदन माथि व्यापक रुपमा छलफल गरिएको थियो । छलफलमा गोर्खा कप, नेपाली मेला, आजीवन सदस्य रात्रीभोज, ल्होछार कार्यक्रम लगायत नेपालबाट आमन्त्रित अतिथि र कलाकारहरुको बारे सहभागी आजीवन सदस्यहरुले बिभिन्न राय, सल्लाह र सुझावहरु दिएका थिए ।

    तमु धिं युकेका आजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको साधारणसभामा आमा समूहकी महासचिव यशोदा गुरुङ, तमु धिं लण्डन ईकाई अध्यक्ष चन्द्र बहादुर गुरुङ, साउथ ईष्ट रिजनल तमुधिं युके अध्यक्ष हिरा प्रसाद गुरुङ, तम धिं हमसाय ईकाई अध्यक्ष उत्तर बहादुर गुरुङ, चारभञ्ज्याङ्ग तमु समाज अध्यक्ष मदन प्रसाद गुरुङले आ–आफ्नो  ईकाईको प्रगति विवरण प्रस्तुत् गरेका थिए ।

    त्यस्तै, तमु धिं युके ल्होछार संयोजक वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, आजीवन सदस्य रात्रीभोज कार्यक्रमका संयोजक उपाध्यक्ष हरि गुरुङ, विधान संशोधन संयोजक एकेन्द्र गुरुङ, प्रोपर्टी संयोजक हर्क गुरुङ, फ्रेंसी संयोजक रोहित गुरुङ लगायतले आफूहरुको संयोजनमा रहेको विभिन्न उपसमितिले गर्दै आएको कार्यबारे जानकारी गराएका थिए ।

    नेपाली समुदाय बेलायतमा थुप्रै परोपकारी कामहरु गर्दै आएको तमु धिं युकेको साधारणसभामा तमु धिं युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु सुवासिं गुरुङ, कमल गुरुङ, सुर्जे (रामचन्द्र) र ज्ञाम गुरुङले साधारणसभाको सफलताको शुभकामना मन्तब्य दिएका थिए । सन् २००० सालमा स्थापित तमु  धिं युके अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा बसेको साधारणसभामा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »