तमुधिं यूकेले विविध कार्यक्रमका साथ ल्होछार मनायो

लन्डन । तमुधिं यूकेले गुरुङ (तमु) हरुको मौलिक सांस्कृतिक पर्व ल्होछारलाई विविध कार्यक्रमका साथ मनाएको छ । गत २८ डिसेम्बर २०१९ शनिबारका दिन रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा ल्होछार मनाइएको हो ।

तमुधिं यूकेले ल्होछारलाई स्थापनाकालदेखि नै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै आएको छ । बेलायतवासी तमु लगायत नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ र संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

गुरुङ, नेपाली र अंग्रेजी गरी ३ वटा राष्ट्रिय गानबाट शुभारम्भ भएको कार्यक्रममा नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट ल्होछार गुरुङहरुको मात्र नभई नेपाल र नेपालीहरुको राष्ट्रिय पर्व भएको बताउँदै ल्होछारको शुभकामना व्यक्त गरे । उनले नेपाल र नेपालीलाई आपतविपद् पर्दा नेपाली समुदाय बेलायत जहिले पनि ब्यूँझिरहन्छ भन्दै जसमध्ये तमुधिं यूके व्यवस्थित र अग्रपंक्तिमा रहेको बताए । साथै, उनले तमुधिं यूकेले आयोजना गर्दै आएको नेपाली मेला, गोर्खा कप, ल्होछार र नेपाली राजदूतको स्वागत तथा बिदाइ गर्ने परम्पराको खुलेर प्रशंसा गरे ।

नेपाली भाषा, कला र संरक्षण तथा सम्वद्र्धनमा तमुधिं यूके लगायत संघसंस्थाले विशेष ध्यान दिनुपर्नेमा समेत राजदूत डा. सुवेदीले जोड दिए । उनले भिजिट नेपाल २०२० को प्रसंग जोड्दै बेलायतबाट १ लाखभन्दा बढी पर्यटक नेपाल पठाउने महत्वकांक्षी योजना रहेको बताए ।

त्यस्तै, उनले हरेक नेपालीले आप्mना एकजना ब्रिटिस साथीलाई नेपाल घुमाउन र आफूसमेत नेपाल जान आग्रह गरे । राजदूत सुवेदीले सहारा यूकेको संयोजकत्वमा आउने २५ मे २०२० का दिन नेपालको राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्डको फुटबल टिमसँग हुन लागेको मैत्रीपूर्ण खेलमा १० हजार नेपाली उपस्थित गराउन आव्हान गरे ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको च्यु ल्होछारको शुभकामना प्रकट गर्दै प्रमुख अतिथि महामहिम डा. सुवेदी, विभिन्न संघसंस्थाबाट आएका अतिथिलगायत उपस्थित महानुभावहरुलाई धन्यवाद दिए । उनले कार्यक्रम सफल बनाउन विशेष भूमिका खेलेका कार्यक्रम संयोजक एवं तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ लगायत उनको टिम, कार्यसमिति, आमा समूह, युवा, विभिन्न एकाई, रेडिङ्ग तमु समाज, नेपालबाट आएका कलाकार तथा स्थानीय कलाकारलगायत प्रत्यक्ष–अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिएका थिए ।

कार्यक्रम संयोजक एवं तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले च्यु ल्होछारले सबैलाई राम्रो गरोस् भन्ने शुभकामना दिँदै प्रमुख अतिथि लगायत आमन्त्रित पाहुनालगायत सबैलाई स्वागत गरेका थिए ।

तमुधिं यूकेको वार्षिक मुख पत्रको रुपमा गत १७ वर्षदेखि प्रत्येक वर्ष ल्होछारकै दिन प्रकाशन गरिँदै आएको ‘फ्रेंसी’ को १७ औं अंक प्रमुख अतिथि डा. सुवेदी, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, फ्रेंसी प्रधान सम्पादक रोहित गुरुङ लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए । सो अवसरमा फ्रेंसीका प्रधान सम्पादक रोहित गुरुङले फ्रेंसीमा समावेश भएका तमुधिं यूकेका विभिन्न गतिविधि, लेख, रचना, शुभकामना विज्ञापनबारे चर्चा गरेका थिए ।

युवापुस्ता, जेष्ठ नागरिकको समेत उपस्थिति रहेको कार्यक्रममा तमु विद्यार्थीहरुमध्ये हालै जिसीएसई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल जेसिका गुरुङलाई डा. हर्क गुरुङ अवार्डबाट सम्मान गरिएको थियो । माझकटेरी, स्याङ्जा पुख्र्यौली घर भई हाल रेडिङ्ग बस्दै आएका राजेन्द्र गुरुङ तथा गंगा गुरुङकी सुपुत्री जेसिका गुरुङलाई ५०० पाउन्डको चेक, शिल्ड र प्रमाण पत्रसहित खादा लगाई सम्मान गरिएको थियो । त्यस्तै, हालै विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हासिल गरेका तमु विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । अवार्डलाई तमुधिं यूकेका सल्लाहकार एकेन्द्र गुरुङ संयोजक, उपाध्यक्ष हरि गुरुङ र सल्लाहकार बोहत गुरुङ सदस्य रहेको कमिटीले मूल्यांकन तथा व्यवस्थापन गरेका थिए ।

युवाहरुको बाक्लो उपस्थिति रहेको ल्होछार साँझमा नेपालबाट आएका चर्चित गायकहरु तीलक गुरुङ, राजन गुरुङ, गायिकाहरु तारा श्रीष र विष्णुमाया गुरुङले विभिन्न गुरुङ भाषा तथा नेपाली गीतहरु प्रस्तुत् गरेका थिए । त्यस्तै, रेडिङ तमु समाज, साउथ ईष्ट रिजनल तमुधिं, तमु प्ये ल्हु संघ यूके, घान्द्रुक समाज यूके, तमुधिं लन्डन इकाई, सिक्लेस पार्चे समाज यूकेका कलाकारहरुले समेत विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।

निर्धारित समयमा सुरु भएको कार्यक्रममा आसन र भाषण भने एकदमै कम थियो । करिब १ घण्टा १५ मिनेटको औपचारिक कार्यक्रमपश्चात् प्रस्तुत् गरिएको सांगीतिक कार्यक्रममा नेपालबाट आएका गायक तथा गायिकाहरुको बेजोड प्रस्तुति रह्यो । उनीहरुको गायनमा प्रमुख अतिथि, विशेष अतिथि लगायत दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए । सो अवसरमा गीत तथा नृत्य प्रस्तुत् गरेका कलाकारलाई तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।

बेलायतमा रहेका तमुहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा तमुधिं यूके आमा समूहले प्रवेशद्वारमा पाहुनाहरुको स्वागत, जलपान तथा टिकटको विशेष व्यवस्थापन गरेका थिए । त्यस्तै, सपन इन्टरटेन्टमेन्टका सपनकुमार राईले साउण्ड सिस्टम व्यवस्थापन, मिलन तमुले फोटोग्राफी र सविन्द्रकुमार गुरुङ तथा कृष्णदेव गुरुङले भिडियोग्राफीमा विशेष भूमिका खेलेका थिए ।

तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले संयोजन, सचिव पर्शुराम गुरुङले हेल्थ एण्ड सेफ्टीबारे र महासचिव तुलाराम गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै, तमुधिं यूकेका सांस्कृतिक सचिव ईन्द्र गुरुङको संयोजकत्वमा सम्पन्न भएको सांस्कृतिक कार्यक्रमलाई सूर्य गुरुङ, योगेश गुरुङ र निलम गुरुङले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »