तमु धिं युकेले ३९ जनजाति पत्रकारको कोरोना बिमा गरायो

हुम तमु पोखरा, ९ असार

तमुको अत्यन्तै प्रभावशाली संस्था तमु धिं युकेले ३९ जना आदिवासी जनजाति पत्रकारहरुको कोरोना बिमा गरेको छ। कोरोना भाइरसबाट संक्रमणमा गर्न सक्ने फ्रन्टलाइनर मध्येका जनजाति पत्रकारहरुलाई पोखरा न्युरोडस्थित सगरमाथा इन्सोरेन्स कम्पनीमा आज फोनिज कास्कीले तमु धिं युकेको सहयोगमा पत्रकारहरुको बिमा गराएको हो। ३९ जना पत्रकारको बिमा बापत जनही छ सय रुपैयका दरले जम्मा २३ हजार ४ सय रुपैयामा बिमा गराइएको हो।बिमा गरिएका पत्रकारलाई चैत्र मसान्तरभित्र पिसिआर टेष्टमा कोरोना संक्रमण देखिएमा एक लाख रुपैया बिमा सगरमाथा इन्स्योरेन्स कम्पनीले उपलब्ध गराउने सम्झौतामा उल्लेख रहेको फोनिज कास्कीका कार्यवाहक अध्यक्ष दिलप्रसाद गुरुङले जानकारी दिनुभयो।

पत्रकारको पिडा र मर्मलाई सात समुद्र पारी युकेबाट तमु धिं युकेले महसुस गर्दै फोनिजका सदस्यहरुलाई कोरोना बिमा गरिदिएकोमा मिडिया हाउस, पत्रकार महासंघ, राज्य भन्दा पनि तमु धिं युके संवेदनशील र जनजाति पत्रकारका संरक्षक बनेको काबा अध्यक्ष गुरुङले बताउनुभयो।फोनिजका धेरै सदस्य पत्रकार महासंघको सदस्य प्राप्त नगरिसकेकाले जहिले पनि अवसर, सेवा सुविधामा पछि पर्ने भएकाले तमु धिं युकेले जनजाति पत्रकारलाई सम्झेकोमा धेरै धेरै धन्यवाद र आभार समेत उहाँले व्यक्त गर्नुभयो। उहाँले थप्नु भयो, बिमाका लागि रकम व्यवस्थापन र आवाश्यक सहयोगका लागि फोनिज गण्डकीका ईञ्चार्ज हुमबहादुर गुरुङको अभिभावकत्वप्रति आभारी छौं। तमु धिं युकेले कोभिड १९ कोरोना राहत सहयोगका लागि गण्डकी प्रदेश सरकारलाई ५ लाख, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ लाख ६ हजारको स्वास्थ्य सामग्री, विपन्न असहायलाई ३ लाख ५० हजार रुपैयाको राहत वितरण, तमु कलाकार संघलाई १ लाख र कास्कीका ३ सय जना पत्रकारहरुको कोरोना बिमाका लागि १ लाख ८० हजार गरी १३ लाख ३६ हजार सहयोग गरेको थियो। कास्कीका ३ सय पत्रकार मध्ये पत्रकार महासंघ कास्कीले महासंघको सदस्यता प्राप्त गरेका २६१ जना पत्रकारको तमु धिं युकेले प्रदान गरेको रकमबाट कोरोना बिमा पश्चात पत्रकार महासंघको सदस्यता प्राप्त गरी नसकेका ३९ आदिवासी जनजाति पत्रकारहरुलाई बिमाका लागि पत्रकार महासंघ कास्कीले फोनिज कास्कीलाई उक्त रकम हस्तान्तरण गरेको थियो।

सगरमाथा इन्स्योरेन्स कम्पनीमा बिमा भएका ३९ जना सञ्चार माध्यमहरुमा सम्बद्ध जनजाति पत्रकारहरु आनिया तामाङ, कल्पना पुर्जा, सुसिल श्रेष्ठ, दिपक कुमार गुरुङ, युगबहादुर गुरुङ, तेजबहादुर गुरुङ, महेन्द्र जंग गुरुङ, अल्चना श्रेष्ठ, सुन्दर गुरुङ, बालकाशी गुरुङ, सुनिता थापा, श्रीमाया राना मगर, मनलाल गुरुङ, लोकबहादुर गुरुङ, कञ्चन गुरुङ, सुरोज गुरुङ, आकाश गुरुङ, आसबहादुर गुरुङ, पुर्णबहादुर लामा, भेषबहादुर गुरुङ, गिरीप्रसाद गुरुङ, बेलप्रसाद गुरुङ, सम्राट गुरुङ, हुमबहादुर गुरुङ, लोकेन्द्र मानन्धर, मिमकाजी गुरुङ, जगतबहादुर गुरुङ, तिलबहादुर गुरुङ, दिपक तामाङ, रमेश गुरुङ, चन्द्रबहादुर तामाङ, मोहन कुमार तामाङ, देविजंग गुरुङ, निकुन गुरुङ, पर्वत गुरुङ, मनिष तामाङ, सुजन थापा, सुमन गुरुङ, पुजन गुरुङ,हुमबहादुर गुरुङ रहनु भएको कार्यवाहक अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »