तमु धिं लण्डनद्वारा पहिरोबाट ज्यान गुमाएका थापा र बिक परिवारका सदस्यलाई १ लाख १ हजार सहयोग


एटा संवाददाता ।
लण्डन । तमु धिं लण्डन ईकाईले १३ जुन शनिबार राती कुष्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्ग काउलेमा गएको पहिरोबाट ज्यान गुमाएका थापा र बिक परिवारका सदस्यलाई १ लाख १ हजार सहयोग रुपैयाँ आर्थिक सहयोग गरेको छ । अविरल बर्षाका कारण खसेको पहिरोले थापा र बिक परिवारका ९ जनाको ज्यान लिएको छ भने दुवै परिवारको घर पूर्ण रुपमा क्षतिग्रष्त भएको छ ।

मंगलबार १६ जुनका दिन सोही पहिरोमा ज्यान गुमाएका मृतकहरुको दिवंगत आत्माको चीरशान्तिका लागि आयोजित शोक सभामा उक्त मृतकका परिवारलाई नेपाली काँग्रेस पर्बतका पूर्व जिल्ला सभापति नवराज गुरुङको बिशेष उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । उक्त पहिरोबाट प्रमाशी बिक, कमला बिक, जनेश बिक, सम्राट थापा, बिवेक थापा, दिपा थापा, तुलबहादुर थापा, मनकुमारी थापा र विबशा थापाको ज्यान गएको छ ।

सो शोकसभामा नेपाली काँगे्रसका नेता नबराज गुरुङले विश्वभर कोरोना भाईरसले क्षतविक्षत पारिरहेको अवस्थामा दुर्लुङ गाउँमा भएको सो दुखद् घटनालाई आफ्नै दुःख सम्झेर तमु धिं लण्डन इकाइले गरेको सहयोगको प्रसंशा गर्दै सो ईकाईका अध्यक्ष चन्द्र बहादुर गुरुङ, तमुधिं लण्डन आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ, बिकास (रक) गुरुङ लगायत सिंगो तमुधिं लण्डन ईकाई परिवारप्रति धन्यवाद दिए । त्यस्तै, उनले तमु धि लण्डन ईकाइले जस्तै देशबिदेशमा रहेका विभिन्न सघंसंस्थाहरुबाट पनि यस दुखद् घडिमा सहयोग गरिदिन हुन आग्रह गरे ।
सो शोकसभामा स्व.राधा देवि स्मृति प्रतिष्ठान (नवराज गुरुङ) ले १० हजार रुपैयाँ, देवनारायण अक्षय कोष (प्रितम गुरुङ) १० हजार रुपैयाँ, जलजलाका उपाध्यक्ष सिमा पुन, विप्लव हमाल, भिष्म मल्ल, चन्द्र बहादुर जिसी लगायतको समूहबाट संयुक्त रकम २१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

त्यस्तै, कुष्मा नगरपालिका वडा नं ३ दुर्लुङका कृष्ण प्रसाद पाध्याले चार हजार रुपैयाँ, लेख बहादुर गुरुङले दुइ हजार रुपैयाँ, कुस्मा नगरपालिका वडा नं. ३ बिसेना हाल डिमुवा निवासी देवि शर्मा लम्सालले एक हजार रुपैयाँ गरी एक लाख ४८ हजार रुपैया दुवै पीडित परिवारका सदस्यलाई बराबर वितरण गरिएको स्थानीय दुर्लुङ्गका प्रितम गुरुङले जानकारी दिएका छन् ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »