तमु धिं यूके केन्द्रीय कमिटीको वार्षिक साधारणसभाका लागि ३ सदस्यीय चुनाव आयोग गठन गरेको छ ।
कार्यसमितिको निर्णय बमोजिम प्रमुख आयुक्त सल्लाहकार एकेन्द्र गुरुङको नेतृत्वमा चुनाव आयोग गठन भएको अध्यक्ष नन्दजङ्ग गुरुङले विज्ञप्तिमार्फत जनाएका छन् ।
१. सल्लाहकार एकेन्द्र गुरुङ (प्रमुख आयुक्त)
२. सल्लाहकार मेजर कृष्ण गुरुङ (आयुक्त)
३. सल्लाहकार हरि (काजी) गुरुङ (आयुक्त)
तमु धिं यूके केन्द्रीय कमिटीको वार्षिक साधारणसभा २० डिसेम्बर २०२० बिहान ११:०० बजेका लागि तय गरिएको छ ।
महासचिव तुलाराम गुरुङका अनुसार जुम प्रविधिबाट र फेसबुक लाइभ समेत हुने साधारणसभाबाट नयाँ कार्यकारी समिति चयन हुनेछ ।




