तमु धिं यूकेले जुम प्रविधिमार्फत ल्वों ल्हो (गाई वर्ग) ल्होछार अर्थात् नयाँ वर्षा मनाए ।

तमु धिं यूकेले जुम प्रविधिमार्फत ल्वों ल्हो (गाई वर्ग) ल्होछार अर्थात् नयाँ वर्षा मनाए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथि, विशेष अतिथि एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ र तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुसीमान ल्हेंगे एमभीओको समुपस्थितिमा पुस १५ बुधबार ल्होछार उत्सव मनाइएको हो ।

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ र आमा समूहकी अध्यक्ष जगतमाया गुरुङद्वारा दीप प्रज्ज्वलन गरेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा संस्थाको मुखपत्र फ्रेंसी विमोजन गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरि गुरुङले दिएका थिए । त्यस्तै संस्थापक सल्लाहकार डा चन्द्र गुरुङसहित सम्पूर्ण अतिथिहरुले नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङले कार्यभार लिएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

मन्तब्यको क्रममा राजदूतले तमुधीं यूके बेलायतमा मात्र नभएर संसार भरका तमुहरू र सम्पूर्ण नेपालीहरूको लागि उदाहरणीय र अनुकरणीय अग्रणी संस्था भएको बताए । र भने तमुधिं यूकेको नेतृत्व हस्तान्तरणको अनुपम उदाहरण सबैले पछ्याउन योग्य छ ।
यसबीच उनले तमुधीं यूके र दूतावासको आन्तरिक, अन्तरंग र सुमधुर सम्बन्धको बारेमा चर्चा गर्दै तमुधि यूकेले दिएको माया र सद्भाव सँधै छातीमा सजाएर राख्ने बताए ।

तमुधिं यूकेका निवर्तमान अध्यक्ष नन्दजंग गुरूङ लगायत सबै वक्ताले राजदूतको अत्यन्त सफल कार्यकालको लागि बधाई दिँदै आउँदा दिनमा पनि उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा गायक सपनकुमार राई, मन्जु गुरूङ, ममता गुरुङ, कुमार गुरुङ र रोहित गुरुङले मनोरन्जन दिलाएका थिए । तमुधिं का पूर्वमहासचिव तुलाराम गुरुङले कार्यक्रमको व्यवस्थापन मिलाएका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »