तमूधीं यूकेको पहलमा जनगणना-सचेतना कार्यक्रम सम्पन्न

तमूधीं यूकेले हामी बेलायतबासी नेपालीहरुको अधिकार र पहिचानको लागि यहिं आउॅंदो २१ मार्च २०२१ मा हुन गईरहेको “बेलायतको जनगणना” सचेतनाबारे आइतबार २८ फेब्रुवरी २०२१ को अपरान्ह Virtual Zoom मार्फत जानकारी सभाको आयोजना गरिएको थियो । यस जानकारी कार्यक्रममा अतिथि बक्तहरु समिर गुरुँग, मैया डंगोल केसी र डा. कृष्ण अधिकारीको उपस्थिति रहेको थियो । बिभिन्न संघ संस्थाहरुमा आबद्ध रहनुभएका साथै तमूधीं यूकेका पूर्बाध्यक्षज्युहरु र सल्लाहकारज्युहरु कार्यसमितिका पदाधिकारीज्युहरु गरी ८७ जना महानुभावहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व तमूधीं यूकेका अध्यक्ष हित काजी गुरुँगले गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव परशु गुरुँगले गरेका थिए ।
समग्रहमा कार्यक्रम सौहार्दपूर्ण सफल भएको हामीलाई महसुस भएको छ । यस कार्यक्रमको आयोजनाबाट अवश्य पनि आम जनसमुहलाई लाभान्वित भएको छ होला भन्ने आशा गरेका छौं ।
कार्यक्रमको पहिलो चरणमा अतिथि बक्तहरुबाट जनगणनाको बारेमा विस्तृत जानकारी दिएका थिए भने दोश्रो चरणमा प्रश्नोत्तर कार्यक्रम रहेको थियो ।
कार्यक्रमको अन्तमा अध्यक्ष श्री हित काजी गुरुँगले सम्पूर्ण सहभागीहरु तथा अतिथि बक्तहरुलाई धन्यवाद दिनुहुंदै करिब १८:१५ बजे कार्यक्रमलाई समापन गर्नुभयो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »