तमुधिं लण्डन इकाईले London Borough of Hounslow बेलायतका मेयर विष्णु गुरुङ दम्पतीलाई सम्मान

 तमुधिं लण्डन इकाईले लण्डन बरो अफ हंस्लो काउन्सिलका नेपाली मेयर विष्णु गुरुङ र उनकी धर्मपत्नी सीता गुरुङलाई सम्मानसहित स्वागत गरेको छ । 

शुक्रवार साँझ पश्चिम लण्डनको साउथ ह्यारोस्थित गोल्डेन शिप रेष्टुरेन्टको सभाहलमा एक समारोहकावीच बेलायतमा नेपाली समुदायको शान बढाउन सफल भएका मेयर गुरुङलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मेयर गुरुङले यसरी कार्यक्रम आयोजना गरी आफूहरुलाई सम्मान गरेकोमा धन्यवाद दिए ।

उनले बेलायत स्थित सबै समुहको हकहितमा काम गर्दै आएको स्मरण गर्दै तमुधिं लण्डन इकाईको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा अझ सक्रिय रुपले संस्थासँग मिलेर अघि बढ्न सुभकामना दिए ।

इकाईका सल्लाहाकार डेविड गुरुङले सम्बोधन गर्दै गोर्खालीको छोरोले बेलायतको एक नगरपालिका हाक्ने गरी मेयरमा निर्वाचत हुनुले नेपालीहरुको गौरव बढाएको बताए ।

संस्थाका उपाध्यक्ष भरत गुरुङले मेयर गुरुङ दम्पतीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा सहजीकरण गर्ने सबैलाई धन्यवाद दिए ।

इकाईका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव रक गुरुङ (विकास)ले सञ्चालन गरेका थिए।

आमा समूहका अध्यक्ष कमला गुरुङ तथा पूर्व अध्यक्ष दिलमाया गुरुङ लगायत महिलादिदीबहिनीहरुले गुरुङ दम्पतीलाई खादा माला सहित सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा सांस्कृतिक सचिब कुमार गुरुङ, आमा समूहकी दिदी बहिनीहरु सल्लाहाकार लगायत संस्थाका पदाधिकारीहरुले मेयर गुरुङ दम्पति लाई बधाईसहित शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा कोरोनाभाइरस महामारीविरुद्ध सरकारले तोकेका सबै मापदण्डहरु पालना गरिएको थियो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »