कोरोना कहर बिर्सेर नेपाली मेला जान उत्साहित छन् बेलायतवासी नेपाली

‘आइतबार नेपाली मेला जान अनलाइनबाट मगाएको सारी आइपुगेको छ, ब्लाउजका लागि साउथहलमा अर्डर दिएको आज लिन जानुछ’- हन्स्लो बस्दै आएकी अस्मिता उत्साहित हुंदै भन्छिन्, ‘लकडाउनभित्र घर र कामले दिक्क भएका बेला कोरोना लागे पनि नेपाली मेला त छोडिन्न ।’

नेपाली मेलामै सहभागिता जनाउन स्कटल्याण्डदेखि पत्रकार डा शिव तिवारी शुक्रबार नै लन्डन आइसकेका छन् । ‘कोरोना महामारीका कारण निकै लामो समयदेखि ठूलो जमघटमा जान नपाएकाले मेलामा थुप्रै साथीभाइसंग भेटघाट गर्ने अपेक्षा लिएर लन्डन आएको छु’, तिवारीले सुनाए ।

लन्डन नर्थहोल्ट बस्ने पूर्व कान्तिपुरकर्मी फातिमा बानु हुन् वा अल्पर्टन निवासी शशी गुरुङ, पहिलोपटक मेला जान उनीहरु निकै उत्साहित देखिन्छन् । उनीहरुजस्ता अन्य थुप्रै मानिस नेपाली मेलाका लागि टाढा टाढाबाट आउने तयारीमा छन् ।

भोलि आइतबार लन्डनस्थित केम्प्टनपार्क रेस कोर्समा हुन गइरहेको १२ औं नेपाली मेलामा सहभागी हुन बेलायातवासी नेपालीहरु निकै उत्साहित पाइएको छ । कोरोनाको कहरले महिनौंदेखि जमघटबाट टाढा रहेकालाई नेपाली मेलाले निकै राहत मिल्ने अपेक्षा छ ।

नेपाली कला संस्कृति झल्कने झांकी, नृत्य साथै खाना र अन्य विभिन्न व्यापारिक स्टलले नेपालकै झल्को दिने मेला भेटघाटको एउटा माध्यम पनि हो ।

कार्यक्रमको अन्तिम तयारीका लागि आयोजकहरु शनिबार नै कार्यक्रमस्थल पुगेर तयारीमा जुटेका छन् । 
‘कार्यक्रममा राम्रै सहभागिता हुने आशा छ । कोरोना महामारीका कारण विगत जस्तो त नहोला तैपनि राम्रै उपस्थिति हुने अपेक्षा राखेका छौं’, तमुधिं यूकेका मिडिया संयोजक सविन्द्र कुमार गुरुङले बताए ।

 

तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा हुन लागेको हो मेला । नेपाली मेला सन् २००९ देखि हरेक वर्ष हुंदै आएपनि गत वर्ष भने कोरोना महामारीका कारण स्थगित भएको थियो ।

मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले गर्नेछन् । बिहान १० देखि राती ८ बजेसम्म चल्ने उक्त मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झांकी र नृत्य प्रस्तुत गर्नेछन् ।

विशेषगरी नेपाली मौलिक भेषभूषा देखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जांतो लगायतका सामग्री पनि प्रदर्शन गरिनेछ मेलामा ।
विजेतालाई एम्बासडर कपसहित आकर्षक पुरस्कार समेत व्यवस्था छ ।

कोरोना महामारीको प्रभाव कायमै रहेकाले मास्क तथा स्यानिटाइजर प्रयोग गर्न र कार्यक्रमको अघिल्लो दिन सम्भव भए सबैले एकपटक परीक्षण गराउन पनि आयोजकको आग्रह छ ।

 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »