दशैं मनाउन तमुधि यूके आमा समूहबाट पवित्र सेवा नेपाललाई एक लाख ३५ हजार सहयोग

 तमुधि यूके आमा समूहले अनाथाश्रममा रहेका बालबालिका र वृद्धवृद्धालाई दशैं मनाउन सहयोग पुग्ने उद्देश्यले काठमाडौंको पवित्र समाजसेवा नेपाललाई एक लाख ३५ हजार रुपैयाँ सहयोग गरेको छ ।

तमुधिँ यूके र नेपाली राजदूताबासको सहकार्यमा आयोजित १२औं नेपाली मेलाको अवसरमा आमा समूहका अध्यक्ष सीता गुरुङको नेतृत्व एवं महासचिव यशोदा गुरुङको संयोजकत्वमा ‘सेकेण्ड ह्याण्ड’ सारी विक्री गरी उठेको रकम सो संस्थालाई हस्तान्तरण गरिएको हो ।

नेपाली मेलाका बेला सारी बिक्रीबापत एक लाख २० हजार ६०१ रुपैयाँ उठेको थियो । त्यसका साथै, सपन इन्टरटेनमेन्ट लिमिटेडका डाइरेक्टर सपन कुमार राई र श्रीमती मञ्जु गुरुङ राईबाट १० हजार रुपैयाँ र तमुधि यूकेका आजीवन सदस्य एवं सोपान डेभलपर लिमिटेडका चिफ बोर्ड डाइरेक्टर तथा स्वस्तिक ग्रुप लिमिडेटका डाइरेक्टर लक्ष्मी गुरुङबाट ५ हजार ४ रुपैयाँ गरी जम्मा एक लाख ३५ हजार ६०५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

तमुधि यूकेका आजीवन सदस्य एवं सोपान डेभलपर लिमिटेडका चिफ बोर्ड डाइरेक्टर तथा स्वस्तिक ग्रुप लिमिडेटका डाइरेक्टर लक्ष्मी गुरुङले पवित्र सेवाका सञ्चालक दीक्षा चापागाईँलाई रकम हस्तान्तरण गरे ।

काठमाडौंको टोखास्थित आश्रममा पुगेर रकम हस्तान्तरण गरिएको थियो । आश्रममा बालबालिका, वृद्धवृद्धाका साथै अशक्त व्यक्तिहरु ६२ जना रहेको सञ्चालक चापागाईँले बताए ।

सो अवसरमा लक्ष्मी गुरुङले तमुधि यूके आमा समूहबाट आश्रममा आश्रित सबै परिवारलाई दशैंको आशिर्वादसहित मिठो खाना र न्यानो आवश्यक लुगाहरु किन्नका लागि रकम पठाएको जानकारी दिइन् ।

पवित्र सेवाका सञ्चालक चापागाईँले सहयोगी तमुधि यूके आमा समूह लगायत सबैमा विशेष धन्यवाद दिइन् ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »