२०औं गोर्खा कपमा पहिलो पटक लेडिज टिम भिड्ने

 मे २९, २०२२। तमुधिँ युकेले वेलायतमा रहेका करिब दुई दर्जन पत्रकार भेला गरि आफ्नै भवन मिचेटमा बीसौ गोर्खा कपको पत्रकार सम्मेलन सम्पन्न गरेकोछ। अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ उपध्याक्ष हरि गुरूङले स्वागत मन्तब्य दिएका थिए।

उपस्थित पत्रकारहरुलाई अध्यक्ष र उनकी श्रीमती तथा तमुधि आमा समूहका अध्यक्ष श्रीमती सीता (मन्जु) गुरुङले खादा लगाएर स्वागत गरेका थिए। मिडिया सेक्रेटरी सविन्द्र कुमार गुरुङले धेरै जना मिडिया कर्मीहरु निमन्त्रणलाई स्विकार गरि उपस्थित भएकोमा खुशी ब्यक्त गर्दै उनीहरुको परिचय गराएका थिए। उपस्थित पत्रकारहरुमा पत्रकार महासँघ युकेका अध्यक्ष धुर्व राज अर्याल लगायत दिनेश कुमार परियार, शिव भन्डारी, नरेन्द्र बस्नेत, नवीन पोखरेल, दुत पुन, मिलन तमु, नगेन्द्र नेम्बाङ्ग, ईन्द्र गुरुङ, वाचसपति रेग्मी, खेमराज रानाभाट, बोम थापा सुर्यबंशी मगर, प्रकाश कडेल, जमुना पुन, शंकर श्रेष्ठ, खुशी लिम्बु र सविन्द्र कुमार गुरुङ थिए।

तमुधिँ युकेका स्पोर्ट सेक्रेटरी क्या. देब बहादुर घलेले आउँने गोर्खा कपको गतिविधि बारे पोजेक्टरको माध्यमबाट छर्लङ्ग पारेका थिए। विशाल इभेन्टको डाईरेक्टर हित काजी गुरुङ, कोर्डिनेटर क्या. घले, टिम इन्ट्रीमा कुमार गुरुङ, स्टलको कोर्डिनेटर तुलाराम गुरुङ, टिकेटमा हिरा गुरुङ, दल गुरुङ, उत्तर गुरुङ र सेक्युरिटीमा ले.रि. मुक्तिजङ्ग गुरुङ रहने जानकारी क्या. घलेले बताए।

पहिलो पटक महिलाहरुको २ टीमले फुटबलमा भाग लिनेछन्। गुरुङहरुको पराम्पारिक ठेलो प्रतियोगिता पहिलो पटक राखिएको जानकारी कोर्डिनेटर घलेले जानकारी दिए। फुटबलमा मेन तर्फ ३२, भेट्रेनको ८ र महिलाको २ गरि जम्मा ४२ टिमहरुले भिड्नेछन्। पुरस्कारहरु पनि निकै आकर्षित राखिएको जिकिर तमुधिँकोछ। फुटबलको मेन क्याटगोरीमा बिजेता टीमलाई २ हजार ५०० पाउन्ड, मेडल र ट्रफी, रनरअपलाई १ हजार ५०० पाउन्ड, मेडल, भेट्रेन तर्फको विजेतालाई १ हजार २०० पाउन्ड,मेडल, रनरअपलाई ८ सय पाउन्ड, मेडल, लेडिजको विजेतालाई ५०० पाउन्ड र रनरअपलाई ३०० पाउन्ड राखिएकोछ। त्यसबाहेक वेष्ट प्लेयर, हाई स्कोरर र वेष्ट म्यानेजरलाई पनि ट्रफी दिइनेछ। ठेलोमा मेन र भेट्रेन दुवै क्याटगोरीलाई २०० र १०० पाउन्ड क्रमश पुरष्कार राखिएकाछन्।

फुटबल बाहेक, प्यारासुट डिस्प्ले, ठेलो प्रटियोगिता, तमुँ परम्परागत समाग्रीहरुको स्टल, कल्चरल डान्स र विभिन्न ५२ वटा स्टलहरु राखिने आयोजकले बताएका छन्।

गोर्खा कपमा करिब १० देखि १२ हजार दर्शकको सहभागिता रहने अनुमान छ। इंग्ल्यान्डको टटनहाम फुटबल क्लबका खेलाडी सुश्री अस्मिता आलेको पनि सहभागि हुनेछिन्। गायिका एलिना गुरुङको प्रस्तुति रहनेछ।

करिब ४० हजार पाउन्ड खर्च हुने उक्त बृहत इभेन्टमा अध्यक्ष गुरुङले सबै बेलायतबासीलाई कार्यक्रममा सहभागी भई रमाईलो गर्न आग्रह गरेका छन्। मिडियाकर्मीलाई आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन पनि अनुरोध गरेका थिए।

युवाहरुको खेल स्तर बढाउँने, कुलतमा लाग्नबाट जोगाउँने, समुदायमा अन्तरघुलन र नेपाली ब्यवसय एवं कला संस्कृति संरछण मुल उद्देश्य राखेर गोर्खा कप बिसौं बर्षमा प्रवेश गरेको आयोजकले बताए।

महासचीव परशुराम गुरुङले कार्यक्रम संचालन गरेका थिए। तमुधिँका संस्थापक अध्यक्ष देखि लिएर पूर्व अध्यक्षहरु, ट्रस्टी, सल्लाकार, आमा समूह, एकाईका अध्यक्षहरु लगायत मार्सल आर्टस खेलाडी भूपेन्द्र गुरुङ र गायिका एलिना गुरुङ उपस्थित थिए। गोर्खा कप अल्डरसट स्थित क्युईन्स ऐभ्न्यू फुटबल फिल्डमा शनिवार, ४ जून २०२२ मा हुनगईरहेको छ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »