तमुधिं यूकेको संस्थागत र पदाधिकारीद्वारा बौद्ध गुम्बा रुम्जाटारलाई ५ लाख ११ हजार सहयोग

 नेपाल भ्रमणमा रहेको तमुधिं यूके र पदाधिकारीले संस्थागत र व्यक्तिगत गरी ओखलढुंगास्थित बौद्ध गुम्बा रुम्जाटारलाई ५ लाख ११ हजार सहयोग गरेको छ  । 

शुक्रबार बिहान एक कार्यक्रमबीच तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, श्रीमती तथा आमा समूह अध्यक्ष सन्ध्या गुरुङ १ लाख १ हजार, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ र कमलादेवी गुरुङ १ लाख १ हजार, उपाध्यक्ष परशु गुरुङ, श्रीमती नन्दा गुरुङ १ लाख १ हजार, तमुधिं यूकेका सल्लाहकार कृष्ण गुरुङबाट १ लाख ८ हजार सहयोग गरेका हुन् । सहयोग रकम गुम्बा अध्यक्ष एवं पूर्व इन्स्पेक्टर टेकबहादुर गुरुङले ग्रहण गरेका थिए । 

त्यस अवसरमा अध्यक्ष गुरुङले तमुधिं यूकेको मुखपत्र फ्रेंसी र मायाको चिनो पनि हस्तान्तरण गरेका थिए ।

तमुधिं यूकेको भ्रमण टोलीलाई बिहीबार बेलुकी गुम्बाले स्वागत गरेको थियो । टोलीमा तमुधिं नेपालका अध्यक्ष हुमबहादुर, तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ तथा आमा समूह अध्यक्ष मन्जु सीता गुरुङ, ट्रस्टी एवं गीतकार एकेन्द्र गुरुङ, पूर्वकार्यसमिति सदस्य श्रीप्रसाद गुरुङ, सल्लाहकार मन्जु गुरूङ, रोधी कार्यक्रमका सञ्चालक बालकाशी गुरुङलगायत पनि सहभागी छन् ।  

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »