तमुधिं युकेको टोलीलाई मञ्च र बगर भाइ खलकबाट स्वागत

नेपाल भ्रमणमा रहेको तमुधिं युकेको प्रतिनिधी मञ्डललाई बिहिबार पोखरामा भव्य स्वागत गरिएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइ खलकले एक संयुक्त कार्यक्रम आयोजना गरी स्वागत गरेको हो । सो अवसरमा बोल्दै तमुधिं युकेका अध्यक्ष हरि गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासका लागि दुबै संस्थाले खेलेको भूमिकाप्रति प्रशंसा गरे ।

कार्यक्रममा अध्यक्ष गुरुङले संस्थाले गरेका कामबाट आफूहरु प्रभावित भएको बताउँदै उनले दुवै संस्थाहरुको रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने बताए । पोखरा रंगशालाको पर्खाल निर्माणमा तमुधिं युकेले गरेको सहकार्य अझै पनि भावी सन्ततीका लागि महत्वपूर्ण रुपमा स्थापित भएको उनले बताए । सो अवसरमा गैर आवाशिय नेपाली संघ आइसिसीकी महिला सचिव राधिका गुरुङ (टिका)ले खृलकुदको विकासमा दुवै संस्थाहरुको महत्वपूर्ण योगदानले विश्वमा रहेका नेपालीहरुलाई समेत मन जित्न सफल रहेको बताउँदै पोखरा म्याराथन र बगर भाई खलक एट ए साइड फुटबल प्रतियोगिता सफल बनाउन एनआरएनको तर्फबाट आफूले सक्दो पहल गर्ने बताइन् ।

 

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली र बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङको संयूक्त अध्यक्षतामा भएको स्वागत कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले दुवै संस्थाको गतिविधि माथी प्रकाश पादैं समाज रुपान्तरणका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गरे । उनले पोखरा रंगशाला संरक्षणमा तमुधिंको योगदानको चर्चा गर्दै खेलाडी उत्पदान र खेलकुद विकासका लागि सहकार्यका लागि आग्रह समेत गरे ।

कार्यक्रममा तमुधीं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमुधिंका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष एमभिओ डम्वरजङ गुरुङ, बरिष्ठ समाजसेवी नन्दा गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, तमुधीं आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, उपाध्यक्ष कमलादेवी गुरुङ, तमुधिंका सल्लाहकार महेश गुरुङ, शिक्षा तथा संस्कृतिविद एकेन्द्र गुरुङ लगायतको सहभागिता रहेको थियो । 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »