इच्छाकामना वर्ल्याङ्गका विद्यार्थीलाई तमू धीं युके आमा समूहको सहयोग

चितवनको इच्छाकामना गाउँपालिका २ वर्ल्याङ्गस्थित राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि तमू धीं युकेको आमा समूहले न्यानो कपडा र नगद आर्थिक सहयोग गरेको छ । सोमबार विद्यालयमा नै पुगेर आमा समूहले सहयोग गरेको हो । 
युकेबाट समूहका अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा आएको टोलीले उक्त विद्यालयको होस्टेलमा बसी अध्ययनरत २४ जना अनाथ बालबालिकाको लागि ओढ्ने कम्मलका साथै विद्यालयमा अध्ययनरत सबै १०९ जना विद्यार्थीको लागि ट्रयाकसुट वितरण गरेको गरेको हो । संस्थाले सहयोग वितरण कार्यक्रममा विद्यालयको शैक्षिक उन्नतीको निम्ति १ लाख ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग समेत गरेको थियो । उक्त सहयोग कार्यक्रम चर्चित गुरुङ भाषाको कार्यक्रम ‘तमू मै ता’ को न्यानो ल्होसार अभियान अन्तर्गत संचालन गरिएको अभियानका संयोजक युगबहादुर गुरुङले बताए ।  
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तमू धीं युके आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ, निवर्तमान महासचिव यसोदा गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषाल लगायत विभिन्न व्यक्तित्व शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »