तमुधिं यूकेद्वारा उपमेयर, कलाकार र भूपू सैनिक माविका प्रधानाध्यापकरको स्वागत र सम्मान

लन्डन । तमुधिं यूकेले बेलायत भ्रमणमा रहेका कास्की पोखरा महानगरपालिकाका उपमेयर, कलाकार र भूपू सैनिक माविका प्रधानाध्यापकको स्वागत तथा सम्मान गरेको छ । 

तमुधिं भवन मिचेटमा सोमबार एक कार्यक्रमबीच पोखराकी उपमेयर मञ्जु गुरुङ, गुरुङ चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङ, हास्य कलाकार रजनी गुरुङ (मंगली), लोकगायक पृथ्वी गुरुङ, लोकगायक सागर गुरुङ, अभिनेता साजन गुरुङ, भूपू सैनिक माविका प्रधानाध्यापक विनोद गुरुङ र विद्यार्थीहरुलाई स्वागत सम्मान गरेका थिए । तमुधिं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको आरम्भमा पाइपर धुनसहित प्रवेश गराइएका अतिथि र सहभागीलाई अध्यक्ष गुरुङ र आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङले खादा, फूलले स्वागत गरेका थिए ।

त्यसपछि महासचिव डा विशाल गुरुङ हेल्थ सेप्टी जानकारी दिँदै कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम प्रमुख अतिथि एवं उपमेयर गुरुङ, अध्यक्ष गुरुङले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशुराम गुरुङले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रमको मध्यान्तरमा उपमेयर गुरुङ र कलाकारहरुलाई अध्यक्ष गुरुङले खादा र मायाको चिनो दिएर सम्मान गरेका थिए । त्यस्तै भूपू सैनिक आवासीय माध्यमिक विद्यालय बेसीसहर ७ लमजुङका प्रधानाध्यापक विनोद गुरुङ र विद्यार्थीहरु श्वेता तारा गुरुङ, रोजी कायस्थ, गोविन्द गुरुङ, अमृत गुरुङलाई पनि स्वागत गरेका थिए ।  

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »