दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनमा नयाँ कार्यसमिति

लन्डन २२ मे २०२३ । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ (पीके लामा) चयन भएका छन् ।

एसईआरटीडी यूकेको शनिबार २० मे २०२३ का दिन सम्पन्न नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित यो दसौं कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । कार्यसमितिमा उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु क्वोंन्स्यो, उपाध्यक्षमा शिवराम गुरुङ, महासचिव कमल गुरुङ, क‍ोषाध्यक्ष सुवास गुरुङ, सहसचिव सुशील गुरुङ लगायत १६ जना कार्यसमितिका सदस्यमा चयन भएका छन् ।

कार्यसमिति चयनका लागि पूर्वअध्यक्ष तथा सल्लाह हरिगोविन्द गुरुङ, सल्लाहकार योगेश गुरुङ र सल्लाहकार जगदीश गुरुङ निर्वाचन समिति बनेको थियो ।

कार्यक्रम सन्चालान निवर्तमान महासचिव सूर्य गुरुङले गरेका थिए भने संस्थाक‍ो आयव्याय क‍ोषाध्यक्ष अर्चना गुरुङले प्रस्तुत गरेकी थिइन् । दुई वर्षक‍ो कार्यावधिभरमा भएका सम्पूर्ण कार्यक्रम बारेमा महासचिव सूर्य गुरुङद्वारा प्रस्तुत गरिएक‍ो र आफ्न‍ो २ वर्ष कार्यकाल के कति घरदैलो कार्यक्रम गरेक‍ो र संस्थालाई कति आम्दानी भएक‍ो बारेमा उपाध्यक्ष/आमा प्रमुखद्वारा पनि प्रतिवेदन पेस गरेकी थिइन् ।

कार्यक्रमक‍ो बीचमा समाजका वरिष्ठ सल्लाहकार श्रीचन्द्र गुरुङलगायत संघ संस्थाबाट सहभागी महानुभावहरुबाट शुभकामना वक्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष ह्यारी गुरुङले अधिवेशन सफल बनाउन सबै संस्थाका पदाधिकारी र सदस्य, उपस्थिति महानुभाव, निर्वाचन समितिलगायत सबैलाई धन्यवाद दिएका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »