
शनिबार १८ मे २०२४ – बेलायत । तमु धीं युकेले गोर्खा कप २०२४ को सम्पूर्ण कार्यहरु तयारी भएको घोषणा गरेको छ। उक्त घोषणा तमु धीं युकेले बेलायतको मिचेटस्थित आफ्नै भवनमा शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि गोर्खा कप २०२४ तथा गोर्खा कपको २२ अौं संस्करण बेलायतको अल्डरसटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा आइतबार २६ मे का दिन संचालन हुने भएको छ।
पत्रकार सम्मेलनमा गोर्खा कपका प्रमुख संयोजक तथा खेलकुद सचिव क्याप्टेन दिपक घलेले गोर्खा कप २०२४ को सम्पूर्ण कार्यहरु तयारी भइसकेको जानकारी दिएका छन् ।
यस वर्ष गोर्खा कपमा, मुख्य टिम ३२ र भेट्रान टिम १६ तथा २ महिला टिम गरेर जम्मा ५० टिमले भाग लिने छन् । गोर्खा कपमा २ वटा महिला फुटबल टिमहरु रनडर बल्ट र यमके लेडिजले भाग लिने भएको छ। महिला फुटबल टिमले भाग लिएको यो तेस्रो वर्ष हो।
गोर्खा कपमा फुटबल मेन टिमको बिजेतालाई £३०००, उपविजेतालाई £१८००, भेट्रान टिमको बिजेतालाई £१५००, उपविजेतालाई £१२००, महिला टिमको बिजेतालाई £६००, उपविजेतालाई £४०० नगद पुरष्कार प्रदान गर्ने भएको छ।
गोर्खा कप २०२४ को मेन टिमको बिजेता टिमलाई £३००० पुरुषकार रिया मनी ट्रान्सफरले प्रायोजन गरेकोछ भने उपविजेता टिमलाई टंक भट्टराई हेल्थ क्याम्पले £१८०० प्रयोजन गरेको छ।
भेट्रान टिमको बिजेता टिमलाई £१५०० पुरुष्कार नेप ब्रिज सेकुरिटीले प्रायोजन गरेकोछ भने उपविजेता टिमलाई एनआरएन युके प्रेस (हितकाजी गुरुङ) ले £१२०० प्रयोजन गरेको छ।
त्यस्तै लेडिस टिमको बिजेता तिम्लाई £६०० पुरुष्कार प्रायोजन गर्नको लागि इच्छुक महानुभाबहरुलाई आब्हान गरिएको छ भने उपविजेता टिमलाई डा. कमल अर्यालले £४०० प्रयोजन गरेका छन।
यस वर्ष उत्कृष्ट खेलाडीहरुले भने नगदको पुरुष्कारको सट्टामा पुरुष्कार स्वरूप घडी उपहार प्राप्त गर्ने छन। उत्कृष्ट खेलाडीको लागि राजन खकुरेल र राज पाण्डे गोर्खा वाचले घडी प्रायोजन गरेका छन ।
गोर्खा कप २०२४ को मुख्य आकर्षणहरु मध्ये यस वर्ष नेपालबाट फुटबल खेलाडीहरु कविन राई, विवश गुरुङ र गोरख घलेको सहभागिता रहने भएको छ।
अन्य आकर्षणहरु सांकृतिक कार्यक्रम, धौलागिरी नौमती बाजा, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, व्यापारिक प्रयोजनका लागि स्टलहरु, घरयासी प्रयोजनका लागि चाहिने भाडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामुलक स्टलहरुलगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको क्याप्टेन घलेले बताएका छन ।
गोर्खा कपमा प्रमुख अतिथि, रसमार बोरो काउन्सिलका मेयरलाई आमन्त्रण गरिएको छ भने, बिशेष अतिथिहरुमा नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनाल, गोर्खा ब्रिगेडका अफिसरहरूलगायत रसमुरबोरो काउन्सिलरहरुलाई आमन्त्रण गरिएको छ।
अन्य अतिथिहरुमा बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत दुतावासका कर्मचारीहरु रहने बताएका छन ।
गोर्खा कपको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ सयोजक क्याप्टेन दिपक घले, अध्यक्ष हरी गुरुङ र उनका ब्यबस्थापन समितिका सदस्यहरुले सहजीकरण गरेका छन ।
पत्रकार सम्मेलनकै दिन तमु धिं युकेका अध्यक्ष हरि गुरुङले गोर्खा कपको संचालक समितिको सहयोगमा टिम ड्र गरेका छन। टिम ड्र गर्नमा गोर्खा कपका पुर्ब संयोजकहरु ले. कुसाङ गुरुङ र कुमार गुरुङले साथ दिएका थिए।
तमुधी युकेका अध्यक्ष हरी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए।
पत्रकार सम्मेलनमा तमुधी युकेले उपस्थित पत्रकारहरुलाई अध्यक्ष हरि गुरुङ र आमा समुहका अध्यक्ष सन्ध्या गुरुङले खडा लगाएर स्वागत तथा सम्मान गरेका छन।
उक्त स्वागत तथा सम्मान कार्यक्रममा तमुधी युकेका मिडिया सचिब तथा एभेरेष्ट टाईम्सका अनलाइन्स प्रमुख सर्बिंद्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए।
पत्रकार सम्मेलनमा गोर्खा कपको लागि प्रायोजन गरेका प्रायोजकहरुलाई पनि सम्मान गरेका छन। सोहि कार्यक्रममा आमा समुहलाई पि क्याप उपहार प्रदान गर्ने यशोदा गुरुङलाई पनि सम्मान गरेका छन।
पत्रकार सम्मेलनमा फोनिज युकेका निबर्तमान अध्यक्ष गोमा रानाद्वारा लिखित कविता संग्रह ‘सात समुन्द्र पारी’ र एभेरेष्ट टाईम्सका प्रबन्ध निर्देशक नगेन्द्र नेम्बाङद्वारा “स्वस्थ जिन्दकिको शान’ पुस्तक तमु धिं युकेका अध्यक्ष हरि गुरुङलाई उपहार स्वरूप प्रदान गरेका छन।
गोर्खा कपको पत्रकार सम्मेलनमा तमुधी युकेका संस्थापक अध्यक्ष मिन तमु, पुर्ब अध्यक्षहरु, रामचन्द्र तमु (सुर्जे) ज्ञाम गुरुङ, नन्द जंग गुरुङ, निबर्तमान अध्यक्ष हितकाजी गुरुङ, बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्षहरु परशुराम गुरुङ, कमल गुरुङ, महासचिब डा. बिशाल गुरुङ सचिब बिमल गुरुङ, कोषाध्यक्ष दिल माया गुरुङ, कार्यसमितिका सदस्यहरु, आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ, तमुधी युकेका संरक्षकहरु, सल्लाहकारहरुलगायत बिभिन्न बर्गका बुद्धिजीवी तथा प्रबुद्ध ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष ध्रुबराज अर्याल र फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशीलगायत तिन दर्जन जती पत्रकारहरुको उपस्थिति रहेको थियो।




