तमुधीं यूके आमा समूहले १९ जुलाईमा ‘रेस फर लाइफ’मा भाग लिने, साथ दिन अध्यक्ष कमला देवीको अपिल

लन्डन । तमुधिं यूके आमा समूहले यस वर्ष पनि जुलाई १९ मा ‘रेस फर लाइफ’ कार्यक्रममा भाग लिने भएको छ ।

क्यान्सर रिसर्च सेन्टर यूकेको आयोजनामा जुलाई १९ मा गिल्डफोर्ड स्टोक पार्क हुने ५ किमि दौडमा सहभागी हुने तमुधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङले जानकारी दिइन् । अध्यक्ष गुरुङले दौडमा साथ दिन बेलायतवासीमा अनुरोध अनुरोधसमेत गरेकी छन् । 

सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाइफमा केवल ७५० महिला सहभागी भएका थिए भने हरेक सालमा यो संख्या बढ्दै हाल बेलायतका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुने गर्दछ । केवल महिलाहरुमात्रै सहभागी हुन पाउने कार्यक्रमले बर्सेनि मिलिएन पाउन्ड संकलन गरी संसारमा व्याप्त २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बाल बालिकाको उपचार र उन्मूलनमा खर्च गर्ने गरिएको अध्यक्ष गुरुङले बताइन् ।

यो प्रेरणादायी र सशक्त कार्यक्रममा तमुधीं यूके आमा समूह हरेक हरेक वर्ष सहभागी हुँदै आएको छ । रेस फर लाइफ कार्यक्रमको उद्देश्य क्यान्सरविरुद्धको लडाइँमा आवश्यक रकम संकलन गर्नु र जनचेतना फैलाउनु रहेको छ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »