तीन हप्ताको नेपाल भ्रमण सकेर फर्कियो तमु धीं यूकेको टोली

लन्डन । करिब तीन हप्ताको नेपाल भ्रमण सकेर तमु धीं यूकेको टोली फर्किएको छ ।

तमू धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली शुक्रबार राति कर्मभूमि बेलायतका लागि प्रस्थान गरेको हो । शुक्रबार फर्कनेमा अध्यक्ष जुमकाजी,निर्वतमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष एवं एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, तमु धीं यूके आमा समूहका निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष मन्जु सीता गुरुङलगायत छन् ।

टोलीमा सहभागी एनआरएनएका सल्लाहकार तथा एनआरएन यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ,तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत पनि बेलायत फर्किइसकेका छन् । 

भ्रणमका क्रममा टोली कास्कीको सिक्लेस,ल्वाङ भिलेज,स्याङ्जाको गलेम, लमजुङ पसगाउँ, पर्वतको चित्रे लगायत पर्यटकीय ठाउँमा पुगेको थियो । यस्तै २४ औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमूको “रोधि घरको आँगन-४” को म्युजिक भिडियो छायांकनमा सामेल, राइज फर होप, तमूधीं यूके र चारभन्ज्याङ तमू समाज यूकेद्वारा आयोजित आँखा शिविर कार्यक्रमस्थल फलेबास नगरपालिका-८, ठानामौला, खाल्टेपर्वतलगायतका कार्यक्रम, भेटघाट, अन्तरक्रिया लगायतमा सहभागीता जनाएको तमु धीं यूकेले जनाएको छ ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले आफूहरुको भ्रमणलाई सफल पार्न प्रत्यक्ष र परोक्षरुपमा साथ दिने सम्पूर्ण साथीभाइ, इष्टमित्र, अफन्तजन,संघसंस्था र पत्रकार मित्रहरुमा आभार एवम् धन्यवाद प्रकट गरेका छन् । उनले भ्रमणको दौरानमा पाएको प्रेम, सद्भाव र सम्मानको प्रशंसा गर्दै सम्बन्ध र सद्भाव रहिरहने विश्वास व्यक्त गरेका छन् । उनले यसपटकको नेपाल भ्रमणमा चाहँदाचाहँदै पनि कतिपय महानुभाव र संघसंस्थालाई समय दिन नसकिए पनि, प्रत्यक्ष भेटघाट हुन नसके तापनि आफू र तमू धीं युके सधैं सबैको साथमा रहने प्रतिबद्धता जनाएका छन् ।

तमु धीं यूकेको जम्बो टोली फेब्रुअरी १ तारिखमा नेपाल पुगेको थियो ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »