तमुधिं यूकेद्वारा राजदूत डा. सुवेदीको स्वागत

201611111478865089idअल्डरसट । तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको एक कार्यक्रमबीच स्वागत गरेको छ । सन् २०१४ देखि राजदूतविहिन रहेको नेपाली दूतावास बेलायतका लागि हालै नेपाल सरकारबाट नियुक्त भई एक महिनाअघि उनी बेलायत आएका हुन् । उनलाई तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले पूmलको गुच्छाले स्वागत गरेका थिए ।

त्यस्तै उनकी धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीलाई तमुधिं यूके आमा समूहकी अध्यक्ष पवित्र गुरुङले स्वागत गरेका थिए । सो अवसरमा नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरन, थर्ड सेक्रेटरी भुपेन्द्रप्रसाद घिमिरे र अट्याची तेजेन्द्र रेग्मीको समेत उपस्थिति रहेको थियो । त्यस्तै नेपालबाट हाल बेलायत भ्रमणमा रहेका पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङलाई समेत स्वागत गरेका थिए ।

तमुधिं यूकेका उपाध्यक्ष ज्ञाम गुरुङले डा. सुवेदीको बारे जानकारी गराएको स्वागत कार्यक्रममा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र प्रमुख सल्लाहकार डा. चन्द्रबहादुर गुरुङले राजदूत डा. सुवेदीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै तमुधिं यूकेको बारेमा जानकारी गराए ।

तमुधिं यूकेका सल्लाहकार, आजीवन सदस्य र कार्यसमितिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राजदूत डा. सुवेदीले दूतावासले बेलायतमा रहेका नेपाली दाजु र दिदीहरुको भाइ, भाइबहिनीहरुको दाजु भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले तमुधिं यूकेले स्थापनाको छोटो समयमा नै आफ्नै भवन निर्माण गरेकोमा खुशी व्यक्त गर्दै तमुधिं यूके आफ्नो दोस्रो घर भएको बताए । त्यस्तै, तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले बेलायतका लागि नेपाली राजदूतलाई हाम्रो घर अर्थात् तमुहरुको घर तमुधिंमा स्वागत गर्न पाउ“दा अत्यन्त हर्षित भएको बताए  । साथै, उनले तमुधिं यूके स्थापनाकालदेखि नै कुनै जाति, धर्म, भेषभूषा र राजनैतिक पृष्ठभूमिबाट माथि उठेर सम्पूर्ण नेपालीहरुलाई आवश्यक परेको खण्डमा ओत लाग्ने बृक्षको रुपमा नेपालीहरुमाझ उभिएको बताउँदै डा. सुवेदीको सफल कार्यकालको लागि  शुभकामना दिए ।

रात्रीभोज समेत आयोजना गरिएको कार्यक्रममा तमुधिं यूकेले हालसम्म गरेका विभिन्न कार्यहरु भिडियोमार्फत् प्रस्तुत् गरेका थिए भने अन्तिममा सपन इन्टरटेन्टमेनको साउण्ड सिस्टममा सामूहिक नृत्य प्रस्तुत् गरेका थिए ।

तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा सल्लाहकार एकेन्द्र गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव हरि गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »