तमुधिं यूकेको लाईफ मेम्बर डिनर नाईट सम्पन्नर / भवन मोर्गेज फ्रि भएको घोषणा

लण्डन

201610311477961353id तमुधिं यूकेले गत शनिबार लाईफ  मेम्बर डिनर नाईट कार्यक्रमको आयोजना ग¥यो । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा तमुधिं यूकेका आजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा तमुधिं यूकेको हरेक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्या‍उँदै आएका प्लमस्टिडका मोहन गुरुङ, रेडिङका ई. खेमबहादुर गुरुङ र फार्नबोरोका क्याप्टेन चित्रबहादुर गुरुङलाई ‘आदर्श तमु’ अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले ‘आफ्नो प्रतिबद्धतालाई विश्वास गरेर दुई वर्ष अगाडि जुन अभिभारा सुम्पिएको थियो, त्योे मुख्य अभिभारा पूरा गरिएको अर्थात् तमुधिं भवन मोर्गेज फ्रि भएको  जनाउँदै सबै सहयोगदाताहरुलाई धन्यवाद दिए । त्यस्तै, मोर्गेज फ्रि अभियानका संयोजक मेजर रिटायर्ड खुशीमान गुरुङले सहयोगदाताहरुका नामावली र रकमको विवरण सुनाएका थिए । त्यस अवसरमा हालै आजीवन सदस्यता लिएका तमुहरु, मोर्गेज फ्रि अभियानमा पाँच सय पाउण्डभन्दा बढी सहयोग गरेका विभिन्न आजीवन सदस्य र तमुधिं यूकेको हरेक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पु¥याएका विभिन्न व्यक्तिहरुलाई अध्यक्ष गुरुङले खादा लगाई सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, सल्लाहकार डा.चन्द्रबहादुर गुरुङ र संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा पुरुषतर्फ उत्कृष्ट तमु भेषभूषामा सजिएका वेम्ली लण्डनका धनकाजी गुरुङ प्रथम र लण्डनका सूर्य गुरुङ दोस्रो भए । त्यस्तै, महिलातर्फ हेरो, लण्डनकी शिला तमु प्रथम र फार्नबोरोकी रामलक्ष्मी तमुले दोस्रो पुरस्कार जितिन् । हरि गोविन्द गुरुङ संयोजक, रुद्र गुरुङ र तारा गुरुङ सदस्य रहेको भेषभूषा मूल्यांकन समितिले उत्कृष्ट पोशाकधारीहरुको नाम सुनाएका थिए । उनीहरुलाई तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ र तमुधिं आमा समूहकी अध्यक्ष पवित्र गुरुङले खादा लगाई सम्मान गरे ।

संस्थाका सहकोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपक गुरुङले स्वागत मन्तव्य प्रकट गरेको कार्यक्रममा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र  सल्लाहकार एकेन्द्र गुरुङले मन्तव्य प्रकट गरेका थिए । कार्यक्रममा आजीवन सदस्य स्वर्गीय हरिमान गुरुङ र स्वर्गीय क्या. चिनबहादुर गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण गरियो । त्यस्तै प्रवेशद्वारमा कोषाध्यक्ष जुमकाजी गुरुङ र आमा समूहले बिशेष भूमिका खेलेका थिए ।

विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको सो कार्यक्रमको अन्त्यमा उपस्थित आजीवन सदस्यहरुले सामूहिक नृत्य गरी भरपूर मनोरञ्जन लिएका थिए । सुरक्षा राना लगायतको समूहले उत्कृष्ट नृत्य प्रस्तुत् गरेको सो सांस्कृतिक कार्यक्रमको सांस्कृतिक सचिव कृष्ण गुरुङ र सपन इन्टरटेन्टमेनका सपन राईले संयोजन गरेका थिए । त्यस्तै आमा समूहकी जसु गुरुङ, मञ्जु गुरुङ राई र आमा समूहकी अध्यक्ष पवित्र गुरुङले राफल ड्र सञ्चालन गरेका थिए ।

अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न भएको औपचारिक कार्यक्रम सञ्चालन महासचिव हरि गुरुङले गरेका थिए भने सूर्य गुरुङले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »