डा. हर्क डा. चन्द्र दशौँ पूण्य स्मृती दिवस

201609291475192877idतमुधीं यू के ले गत आइतवार २५ तारिखमा तमुहरुका मात्र नभएर सम्पूर्ण नेपालका सपूत द्वय स्वर्गीय डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङलाइ वहाँहरुले इहलिला समाप्त गर्नु भएको दशौँ वर्षगांठको अवशरमा भावपूर्ण श्रद्दान्जली दिंदै सम्झना गरयो l तमु नेपलिज कम्युनिटी सेन्टरमा सम्पन्न भएको उक्त स्मृती शभालाई तमुधीं यू के का अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ्गले अध्यक्षता गर्नु भएको थियो l नेपाली मानस पटलबाट कहिल्यै मेटिएर जान नहुने दुइ व्यक्तित्वहरुको स्मृती सभामा पाल्नुहुने सबैलाई यो पंक्तिकारले धन्यवाद र स्वागत गरेको थियो l
उक्त अवसरमा डा. हर्क गुरुंगका नजिकका नातेदार, तमुधीं यू के का सल्लाहाकार लोक गुरुङ्गले उहाँको जीवनी र उहाँले गर्नु भएको सत्कर्मको वारेमा बोल्नु भएको थियो l उहाँले आफ्नो भनाइमा आफ्नो मामाघर तरांचे,लम्जुङ्गमा ५ फेब्रुअरी १९३९ मा जन्मनु भएका हर्क गुरुङ ( ठुला कान्छा)आफ्ना पिता सुबेदार परसु गुरुंगका साथ् देहरादून गइ आफ्नो विद्धार्जन शुरु गर्नु भयो l र पटना विश्व विद्धालयबाट प्रथम श्रेणीमा प्रथम हुँदै स्नातकोत्तर गरी एडिनबरा विश्वविद्धालय बाट भूगर्भ शास्त्रामा विद्धावारिधी गर्नु भयो l विद्धा आर्जनका साथ साथै उहाँले उच्च स्तरमा फूटबल खेल्न र चित्रकारिता गर्न पनि भ्याउनु भयो l –
नेपाललाई द्रुततर विकासमा कुदाउन १४अञ्चल र ७५ जिल्लाको अवधारणा ल्याउने भुगर्वविद डा. हर्क गुरुङ नेपालको शिक्षा , उद्धोग तथा बाणिज्य राज्य मन्त्रि र पछि पर्यटन मंत्री रही सक्नु भएको थियो l डा. हर्क गुरुङ उहाँको देहावशान हुँदा सम्म तमुधीं यू के को प्रथम संरक्षक रहनु भयो l
त्यसै गरी डा. चन्द्र प्रसाद गुरुङका नातेदार तथा गाउँले तमु धीं यू के का संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ ले डा. चन्द्र गुरुङ्गका जीवन वृतान्त र केहि प्रेरक प्रसंगहरु जोड्नु भयो l रमणीय गुरुङ गाउँ सिक्लेसमा सन् १९५० मा जन्मनु भएको डा. चन्द्र गुरुङ बाल्यकाल देखिनै प्रकृतीसंग रमाउने ब्यक्ती हुनुहुन्थ्यो l २३ सेप्टेम्बर सन् २००६ को दिन डा. हर्क लगायत अन्य विज्ञ र बिशिष्ठ व्यक्तिहरु संगै धुन्चेमा दुर्घटना ग्रस्त भएको हेलिकप्टरमा उहाँले पनि हामी बाट सदाका लागि बिदा लिनु भयो l
हवाई विश्व बिद्धालय बाट भूगोल शास्त्रमा विधावारिधी गर्नु भएको उहाँ प्रकृतीविद मात्र नभएर तमु संस्कृती, भाषा, धर्म, परम्परा र भेष् भूशालाई संरक्षण र सम्बर्दन गर्नु पर्ने कुरामा अत्यन्त सचेत हुनुहुन्थ्यो l अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना प्रमुख रहेर उहाँले उक्त क्षेत्रलाई विश्वभर पहिचान दिनु भयो l
तमुधी यू के का अध्यक्ष तथा सभाध्यक्षले अन्तमा यसरी उदाहरनिय काम गरेर गएका दिग्गज ब्यक्तित्वहरुलाई हामीले वर्षेनी सम्झनु पर्ने र उहाँहरुको काम बाट प्रेरणा लिनु पर्ने बताउनु भयो र शभामा उपस्थित सबैलाई धन्यवाद दिनु भयो l यस पश्चात दिवंगत आत्माहरुको चीर शान्तीको लागी १ मिनेट मौन धारणा गरी फूल माला र खादा द्वारा श्रद्दान्जली अर्पण गरिएको थियो l

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »