नेपाली मेलाको तयारी बैठक सम्पन्न

लण्डन

ज्ञाम गुरुङ

201608191471651167idमिचेट । गत आइतबार तमुधिं भवन मिचेटमा आगामी अगष्ट २८ तारीखमा सम्पन्न हुन लागेको आठौं नेपाली मेलाको तयारी बैठक सम्पन्न भएको छ ।

तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा मेलाका संयोजक एवं उपाध्यक्ष नन्दजङ्ग गुरुङले मेलाको तयारी अगाडि बढिरहेको जानकारी दिए । मेला सफल बनाउन तमुधिं यूकेका अध्यक्षको संयोजकत्वमा तयारी समिति गठन भएको छ । मेला सफल बनाउन तमुधिंले सातवटा इकाईहरु र सयौं स्वंयसेवक परिचालन गर्ने र सहयोगको लागि बेलायतस्थित जातीय तथा नेपाली संघ संस्था र मिडियाकर्मीहरुलाई अनुरोध गरेको छ । मेला नेपाली दूतावास र एनआरएनए यूकेको पूर्ण सहमति र समर्थन रहेको संयोजक गुरुङले बताए ।

विदेशमा आप्mनो कला, संस्कृति, भाषा, भेष तथा आपसी भेटघाटको रुपमा सञ्चालित मेलामा झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरिनेछ । दुवै कार्यक्रममा भाग लिएका उत्कृष्ट समाजले एम्बास्डर कप र नगद पुरस्कार पाउनेछन् । अन्य आकर्षणमा राफल ड्र, विभिन्न स्टलहरु तथा युथहरुको कार्यक्रम पनि समावेश गरिएको छ । मेलामा ब्रिगेड अफ गोर्खाज् व्याण्डले पनि आफ्नो प्रस्तुति दिने भएको छ ।

कार्यक्रममा भाग लिन चाहने इच्छुक समाजहरुका लागि दर्ता प्रक्रिया खुला गरिएको आयोजक तमुधिं यूकेले बताएको छ । व्यापार व्यवसायीहरुको लागि स्टल तथा समाज र च्यारिटी संस्थाहरुको लागि स्टल राख्न सकिने व्यवस्था मिलाईएको छ । आगामी हप्ता दूतावाससँग सहकार्य बैठक र आगामी २० गते अगष्टमा पत्रकार सम्मेलन गरी जानकारी गराउने संयोजक गुरुङले बताए ।

लण्डनको अति विशाल होर्स कोर्ष क्याम्पटेन पार्कमा प्रत्येक बर्ष आयोजना हुँदै आएको सो मेलालाई सदाझैं यसबर्ष पनि सफल बनाउन सम्पूर्ण नेपालीहरुसँग आयोजक तमुधिंले अनुरोध गरेको छ ।

बैठकमा नेपालबाट बेलायत भ्रमणमा रहेका बराह उच्च मावि भेडाबारी कास्कीका प्र.अ. नरबहादुर गुरुङ र मनोक्रान्ति द्रष्टा डा. योगी बिकाशानन्दलाई तमुधिं भवनमा स्वागत गरिएको थियो । सो अवसरमा उनीहरुले आ–आफ्नो मन्तब्य राखेका थिए । बैठकमा निवर्तमान आमा समूहकी अध्यक्ष पुनम गुरुङ, नेप्लिज् ओमन एशोसिएसन यूकेको उपाध्यक्ष पदमा चयन भएको, तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र), सल्लाहकारद्वय दिलीपकुमार गुरुङ र ले. चन्द्रबहादुर गुरुङ हालै नेपाल ब्रिटेन डटकमको टप टेन मिडिया पर्सनालिटीबाट सम्मानित भएकोमा बैठकले धन्यवाद पारित गर्दै खादा र पूmलले सम्मान गरेको थिए ।

आजीवन सदस्य तथा पूर्व आमा समूहकी अध्यक्ष लक्ष्मी गुरुङ र यशोदा गुरुङलले आफ्नो छोराको शुभ विवाहको खुशीमा तमुधिं यूकेलाई आर्थिक सहयोग प्रदान गरे । उनीहरुलाई आमा समूहकी अध्यक्ष पवित्रा गुरुङले खादा लगाई सम्मान गरिन् ।

बैठकमा पूर्व अध्यक्षहरु, इकाईका अध्यक्षहरु, सल्लाहकार, शुभचिन्तक, युवा, नेपालबाट आएका अतिथिहरु, आमा समूहका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । बैठका कोर्डिनेटर निशा गुरुङले मेलामा युथहरुको सहभागिताबारे जानकारी राखे । बैठकमा उपस्थित सबैलाई उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत गरेका थिए भने महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »