बौद्ध आचार्य शीर गुरुङको बिदाई

लण्डन

201603291459301152idतमुधिं यूकेको निमन्त्रणामा बेलायत आएका बौद्ध आचार्य लामा गुरु शीर गुरुङलाई एक कार्यक्रमबीच तमुधिं यूकेले बिदाई गरेको छ । गत आइतबार २० मार्चका दिन तमुधिं भवन मिचेटमा तमुधिं यूकेका पदाधिकारी, सल्लाहकार र आजीवन सदस्यहरुले उनलाई बिदाई गरेका हुन् ।

आचार्य गुरु लामाले पोखरास्थित बौद्ध अर्घौ सदनको भवन निर्माणमा सहयोग गर्ने तमुधिं यूके, बिसीसी यूके, ईष्टमित्र, साथीभाइ र सम्पूर्ण दानबीरहरुलाई सहयोगका लागि धन्यवाद दिँदै आपूmलाई बेलायतमा निमन्त्रणा गरेकोमा तमुधिंप्रति आभार प्रकट गरे । पोखरास्थित बौद्ध अर्घौ सदनको प्रमुख लामा र गुरुङ लामा बौद्ध धर्म समाजको अध्यक्षसमेत रहेका बौद्ध आचार्य गुरुङहरुको महान् पर्व ल्होछारको अवसरमा तमूधिं यूकेको निमन्त्रणामा गत डिसेम्बर २०१५ मा बेलायत आएका थिए । बिदाई कार्यक्रममा तमुधिं यूकेका भूतपूर्व अध्यक्ष मे.रि. डमर घले एबिईले उनको भ्रमणको बारेमा बोलेका थिए भने सल्लाहकार क्या.रि. राजु गुरुङले विभिन्न जिज्ञासा राखेका थिए । उनको बेलायत बसाईको क्रममा तमुधिं यूके, बीसीसी यूके र विभिन्न दानबीरहरुले उनी प्रमुख लामा रहेको बौद्ध अर्घौ सदनको भवन निर्माणका लागि करिब १ करोड रुपैया“ संकलन गरेको तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले जानकारी दिए ।

तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षमा सम्पन्न भएको बिदाई कार्यक्रममा उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य राखेका थिए । महासचिव हरि गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »