तमूधिं यूकेले विविध कार्यक्रमसहित ल्होछार मनाए

लण्डन

रेडिङ । गत शनिबार २ जनवरी २०१६ का दिन तमूधिं यूकेको आयोजनामा रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा विविध कार्यक्रमसहित तमू 201601091452329463idल्होछार मनाए । यसबर्ष गुरुङहरुले ‘ल्हु’ ल्हो अर्थात् भेडा बर्गको बिदाई र ‘प्र’ ल्हो अर्थात् बा“दर बर्गको स्वागत गरेको हो । तमूहरुको महान पर्वको रुपमा रहेको उक्त ल्होछार कार्यक्रमलाई नेपाली दूतावास लण्डनका कार्यबाहक राजदूत एवं प्रमुख अतिथि तेजबहादुर क्षेत्री र तमूधिं यूकेका संरक्षक, एनआरएनए आईसीसीका अध्यक्ष एवं बिशेष अतिथि डा. शेष घलेले संयुक्त रुपमा दिपप्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा पु¥याएको योगदानको चर्चा गर्दै ल्होछार पर्वले पनि नेपाली कला संस्कृति फैलाउन सहयोग पु¥याउने बताए । त्यसैगरी बिशेष अतिथि डा. घलेले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदले भूकम्पबाट प्रभावितहरुका लागि एक हजार भवन निर्माण गर्न लागेको बताउ“दै सो अभियानमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दि“दै एक÷एक पैसाको हिसाव राखिने विश्वास व्यक्त गरे । उनले तमूधिं यूकेले १ करोड रुपैया“भन्दा बढी रकम संकलन गरी एनआरएनएनको सो भवन निर्माण अभियानलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सो संस्थाको संरक्षक हुन पाएकोमा गौरव लागेको बताए । मन्तब्यकै क्रममा तमूधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले सबै अतिथिहरुलाई धन्यवाद दि“दै तमूधिं यूकेले हालसम्म गर्र्दै आएका विभिन्न कार्यहरुको चर्चा गरे । त्यसैगरी ल्होछार संयोजक एवं तमूधिं यूकेका उपाध्यक्ष ज्ञाम गुरुङले तमूधिं यूकेले स्थापनादेखि नै तमूहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउ“दै प्रमुख अतिथिलगायत सबै उपस्थिति महानुभावहरुलाई स्वागत गरे ।

धार्मिक आस्था

ल्होछार धार्मिक आस्थास“ग पनि जोडिएको पर्व हो । उक्त ल्हो (बर्ग) फेरिने दिन तमूहरुले आफ्नो परम्परानुसार धार्मिक पूजापाठ गरी धर्मगुरुसंग आर्शिवाद लिने प्रचलन छ । तमूधिं यूकेले यसबर्ष ‘ल्हु’ ल्हो अर्थात् भेडा बर्गको बिदाई र ‘प्र’ ल्हो अर्थात् बा“दर बर्गको विविध कार्यक्रमका साथ स्वागत गरे । स्मरण रहोस् सोही प्रचलन अनुसार तमूधिं यूकेले गत ३० डिसेम्बर २०१५ अर्थात् २०७२ पौष १५ का दिन अल्डरसटस्थित बुद्धिष्ट कम्यूनिटी सेन्टर (बिसीसी) यूकेको बौद्ध गुम्बा परिसरभित्र धार्मिक पूजापाठ सहित उक्त गुम्बाका र नेपालबाट आएका धर्मगुहरुले धार्मिक प्रवचन दिएका थिए । सो अवसरमा बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने तमूहरुको बाक्लो उपस्थिति रहेको थियो । तमूधिं यूकेका सल्लाहकार तथा बुद्धिष्ट कम्यूनिटी सेन्टर (बिसीसी) यूकेका उपाध्यक्ष एंव पूजा संयोजक हर्क गुरुङ, उपसंयोजक ले.रि. कुसाङ गुरुङ र बिसीसी यूके आमा समूहकी अध्यक्ष ज्ञानु गुरुङलगायतले पूजा कार्यक्रमको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी गत शनिबार २ जनवरीका दिन रेडिङको कार्यक्रममा नेपालबाट आएका धर्मगुरु आचार्य श्री गुरुङले ल्होछार पर्वको महत्वबारे प्रकाश पारेका थिए । सोही अवसरमा थुप्रै तमूहरुले धर्मगुरु आचार्य गुरुङ र धर्मगुरु छेवाङ घलेसंग आर्शिवाद लिएका थिए ।

सांगीतिक माहौल

युवाहरु समेत बाक्लो उपस्थिति रहेको उक्त ल्होछार सा“झमा अतिथिहरुको मन्तब्यपश्चात रिभरमेड लिजर सेन्टर सांगीतिक माहौलमा परिणत भएको थियो । शुभकामना गीतबाट शुभारम्भ भएको उक्त सांगीतिक माहौलमा गणेश गुरुङ र कुमारी गुरुङले ल्होछार गीत प्रस्तुत् गरेका थिए ।

त्यसैगरी गोर्खा जिल्ला गुरुङ समाज, रेडिङ तमू समाज, सोंपाल रोंधीं सा“झलगायत स्थानीय नेपाली कलाकारहरुले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी नेपालबाट आएका जुनु रिजाल, राजु गुरुङ र निता गुरुङले गाएका हरेक गीतले दर्शकहरुलाई नचाउन सफल भए । सो अवसरमा गायिका रिजालले गुरुङ भाषाको गीत पनि गाएर थप मनोरञ्जन प्रदान गरिन् । सपन राई र मञ्जु गुरुङ राईको स्वरमा पनि दर्शकहरु मज्जाले झुमे । पूनम गुरुङ, बिमला गुरुङ र पूजा गुरुङलगायत तमूधिं आमा समूहको सामूहिक नृत्य पनि कम रोचक थिएन । उक्त सांगीतिक कार्यक्रमको सूर्य गुरुङ, पुष्पा गुरुङ, यूनील गुरुङ र योगेश गुरुङले संयुक्त रुपमा संचालन गरेका थिए भने सांस्कृतिक सचिव कृष्ण गुरुङ र ईन्द्र गुरुङले सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेका थिए ।

सम्मान तथा बधाई

युवाहरु स“गस“गै जेष्ठ नागरिकहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा तमू विद्यार्थीहरुमध्ये हालै जिसीएसई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका नमिता गुरुङलाई सफल व्यवसायी रबि लामिछाने र ए लेभलमा उत्कृष्ट भएका केबिन गुरुङलाई तमूधिं यूकेका सल्लाहकार एवं बुद्धिष्ट कम्यूनिटी सेन्टर यूकेका उपाध्यक्ष हर्क गुरुङले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । नमिताले ९ ए स्टार र ४ ए ल्याएका थिए भने केबिनले ४ ए स्टार ल्याएका थिए । उक्त सम्मान कार्यक्रममा तमूधिं यूकेका सल्लाहकार एवं डा. हर्क गुरुङ अवार्ड मूल्यांकन समितिका संयोजक हरि कुमार (काजी) गुरुङले ५ ए स्टारभन्दा बढी अंक ल्याउन सफल तमू विद्यार्थीहरुको प्राप्त नाम उद्घोष गरेका थिए । उक्त अवार्ड मूल्यांकन समितिमा भूपू प्रअ एकेन्द्र गुरुङ, क्या.रि. राजु गुरुङ र क्या.रि. तिर्थमान गुरुङ रहेका थिए ।

त्यसैगरी तमूधिं यूकेका विभिन्न ईकाईमा रहेर महत्वपूर्ण योगदान दिएका विभिन्न तमूहरुलाई प्रमुख अतिथि क्षेत्रीले खादा लगाई प्रमाणपत्र दिएका थिए ।  सो अवसरमा बिशेष अतिथि डा. घलेले तमू सांस्कृतिक प्रतिष्ठान नेपालले गरीब तथा जेहेन्दार तमू विद्यार्थीहरुका लागि गर्दै आएको छात्रवृत्ति कार्यक्रमको प्रसंशा गर्दै आपूmले पनि यसै बर्षदेखि ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्घोष गरे ।

बार्षिक मुखपत्र फ्रेंसीको अनावरण

तमूधिं यूकेको बार्षिक मुखपत्रको रुपमा गत १३ बर्षदेखि प्रत्येक बर्ष ल्होछारकै दिन प्रकाशन गरिदै आएको ‘फ्रेंसी’ को प्रमुख अतिथि क्षेत्री, बिशेष अतिथि डा. घले, संस्थापक सल्लाहकार डा.चन्द्र गुरुङ, तमूधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ र ल्होछार संयोजक एवं उपाध्यक्ष संयोजक ज्ञाम गुरुङले संयुक्त रुपमा अनावरण गरे । सो अवसरमा फ्रेंसीका प्रधान सम्पादक रोहित गुरुङले फ्रेंसी सम्पादन मण्डलको परिचय गराएका थिए ।

राफल ड्र

बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत बिशेष उपस्थिति रहेको सो कार्यक्रममा दर्शकहरुले लिएको टिकटको आधारमा राफल ड्र गरिएको थियो । तमूधिं यूकेका पूर्व सदस्य कुमार गुरुङले संयोजन गरेको उक्त राफल ड्रका बिजेताहरुलाई पुरस्कार प्रायोजक एवं तमूधिं यूकेका अनेरी मेम्बर मिठूलाल विश्वकर्मा, घनबहादुर थापा र कुल आचार्यले पुरस्कार प्रदान गरेका थिए ।

नेपाली टिभी, विएफबिएस गोर्खा रेडियो, रेडियो बिजिडब्लुएस र एभरेष्ट टाइम्स मिडिया पार्टनर रहेको उक्त ल्होछार कार्यक्रममा तमूधिं यूकेका सचिव कृष्ण गुरुङले पाहुनाहरुको स्वागत, रेडिङ तमू समाजका निवर्तमान अध्यक्ष कृष्ण गुरुङले कार्यक्रमको सहसंयोजन, सपन इन्टरटेन्टमेंनका सपन कुमार राईले साउण्ड सिस्टम, मिलन तमू, शंकर तमू, चेत तमू, बिशन तमू र सविन्द्र कुमार तमूले फोटो तथा भिडियोग्राफी गरेका थिए । बेलायतमा रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा दिपक गुरुङ र आमा समूहले पाहुनाहरुको स्वागत, कोषाध्यक्ष जुमकाजी गुरुङ र आमा समूहले प्रवेशद्वारमा टिकट व्यवस्थापन र ओमेन्द्र गुरुङ र मुक्तिजङ्ग गुरुङले सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।  तमूधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ल्होछार कार्यक्रमका संयोजक एवं तमूधिं यूकेका उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य, क्या.रि. पिताम्बर गुरुङले हेल्थ एण्ड सेफ्टी बारेमा प्रकाश पारेका थिए भने महासचिव हरि गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »