तमुधिं लण्डन इकाईको ल्होछार कार्यक्रम

लण्डन

ले.रि. नारायण गुरुङ, बिईएम 
लण्डन । तमुधिं लण्डन ईकाईले तमुहरुको महान चाड ल्होछार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । तमु समुदायको मौलिक 201601191453213925id (1)परम्परानुसार गत शनिबार १६ जनवरी २०१६ का दिन लण्डनस्थित ग्रिनफोर्ड हल लण्डनमा सम्पन्न भएको कार्यक्रममा सो क्षेत्रका तमुहरुको उपस्थिति रहेको थियो । 
लण्डन वरो अफ इलिङ्गका मेयर काउन्सिलर हरभजन कौरको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रम प्रमुख अतिथि कौर, तमूधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, एनआरएनए यूकेका उपाध्यक्ष कुमारी गुरुङ र तमुधिं लण्डन ईकाईका अध्यक्ष दिपक (डेविड) गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी राष्ट्रिय धुनका साथ समुद्घाटन गरेका थिए । 
सो कार्यक्रममा ल्होछार संयोजक एवं इकाईका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिादै कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सल्लाहकार क्या.रि. प्रेमबहादुर गुरुङले स्वागत मन्तब्य गर्दै तमु एकताको बारेमा जोड दिएका थिए । त्यसैगरी नेपालबाट आएका धर्मगुरु आचार्य शिर लामा गुरुङले सम्पूर्ण प्राणी जगतको सुस्वास्थ्य र दिर्घायूको कामना गरे । 
दोस्रो चरणको कार्यक्रम अन्तर्गत सूर्य गुरुङ र सञ्जु घलेले सांस्कृतिक कार्यक्रमको उद्घोष गरेका थिए । कार्यक्रममा अभियान गुरुङ र विद्या गुरुङको आकर्षक नृत्यले सबैलाई मनोरञ्जन दिलाएका थिए । विभिन्न रोचक नृत्यपश्चात तमुधिं यूकेका अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ र फस्टलेडी पवित्र गुरुङलाई ईकाईका अध्यक्ष दिपक (डेविड) गुरुङ तथा बिनु गुरुङले पगरी र फूलको गुच्छाले स्वागत गरेका थिए । सो पश्चात प्रमुख अतिथि काउन्सिलर कौरद्वारा संस्थाले गरेको सम्मानप्रति खुशी व्यक्त गर्दैै नेपालीको संस्कार र संस्कृतिलाई जगेर्नामा सहयोग गर्ने बताउादै कौरले कलाकार र कमिटीलाई काउन्सिलमा आउने निम्तो दिए । 
सोंपाल समाज बन्र्ट ओक समाज र शशिको नृत्य सबै ईकाईको कौंडा नाचले सबैलाई मनोरञ्जन दिलाए । नेपालबाट आएका कलाकार एवं नायक राजु गुरुङ, निता गुरुङ, जुनु रिजाल काफ्ले र स्थानीय कलाकारहरु गणेश गुरुङ र अन्जु श्रेष्ठको समधुर स्वरले भरपूर मनोरञ्जन दिएका थिए । सोही क्रममा नृत्य समूह, भिडियोग्राफर बिशन गुरुङ, सपन राई, शंकर गुरुङ, आजीवन सदस्यहरु भरत गुरुङ, पालबहादुर गुरुङ, पदम गुरुङ, नवराज गुरुङ, टेकबहादुरलाई संस्थाका अध्यक्ष गुरुङ, संरक्षक खुशिमान गुरुङ र सल्लाहकार क्या.रि. प्रेमबहादुर गुरुङले प्रसंशा पत्र प्रदान गरेका थिए । त्यसैगरी एनआरएनए यूकेकी उपाध्यक्ष कुमारी गुरुङ, एनआरएनए यूरोपका संयोजक कुल आचार्य, एनआरएनए आईसीसी सदस्य  योगेन क्षेत्री, जयप्रकाश गुरुङ, तमुधिं यूकेका मिडिया सेक्रेटरी रोहित गुरुङ र नेपालबाट आएका कलाकारहरुलाई संस्थाका अध्यक्ष गुरुङले सम्मान गरे । 
उक्त कार्यक्रममा तमुधिं यूकेका पूर्वअध्यक्ष मे.रि. डमर घले एमबिई, कमल गुरुङ, सुवाससिं गुरुङ, उपाध्यक्ष ज्ञाम गुरुङ, नन्दजङ्ग गुरुङ, महासचिव हरि गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, कृष्ण गुरुङ, सल्लाहकारहरु चित्रबहादुर गुरुङ, क्या.रि. तिर्थ गुरुङ, नरजङ्ग गुरुङ, हितकाजी गुरुङ, दिलरास गुरुङ, नन्दकुमारी गुरुङ, लक्ष्यबहादुर गुरुङ, मिन (साईला) गुरुङ, ई.खेमबहादुर गुरुङ, सोंपाल समाज यूकेका पूर्व अध्यक्ष बिजय गुरुङ, राम गुरुङ, उपाध्यक्ष पार्वती गुरुङ, मनदेवी गुरुङ, साउथ ईष्ट लण्डन ईकाईका अध्यक्ष श्रीचन्द्र गुरुङ, चारभञ्ज्याङ्गका अध्यक्ष ह.ले. चन्द्र गुरुङ, सल्लाहकार सुमलकुमार गुरुङ, जगना गुरुङ, एकेन्द्र गुरुङ, चार भञ्ज्याङ्ग तमु समाजका अध्यक्ष ह.ले.रि. चन्द्र बहादुर गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष भेगलाल गुरुङ, वेम्ली मगर संघका अध्यक्ष, पत्रकार, वन्र्ट ओक नेपाली समाजका अध्यक्ष खरध्वज गुरुङ, नेपाली टिभीका डाईरेक्टरहरुको बाक्लो उपस्थिति रहेको थियो । 
कार्यक्रमको अन्त्यमा सपन राई तथा मञ्जु गुरुङको ल्होछारको गीत, राजु गुरुङको सालैजो भाकाले भरपूर मनोरञ्जन दिएका थिए । अन्त्यमा दिपक (डेविड) गुरुङले आमा समूह, पेय पदार्थ र खानासहित टिकटमा मद्दत गरेका विभिन्न सदस्य, आमा समूह, कलाकार र पाहुनाहरुलाई सफल गराई दिएकोमा धन्यवाद दिादै कार्यक्रम समापन भएको थियो ।  
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »