तमु धिं युके ले ल्होछार पर्ब (पौष १५) धुमधाम मनाउने

लण्डन

तमु धिं यूकेले तमुहरुको मौलिक महान पर्व ल्होछार भव्य 
रुपमा मनाउने तयारी गरेको छ । ल्होछारको दिन ( पौष १५ ) ३० डिसेम्बरमा तमु धी201612261482743075id युकेले,बीसीसी यूके गुम्बा, अल्डरसटमा धार्मिक पूजा गरिने छ l भोलिपल्ट तमुधिं यूकेको १६ औं ल्होछार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा आगामी ३१ डिसेम्बर सांझ विभिन्न कार्यक्रमको साथ  धुमधाम संग मनाउन लागेको छ  ।  आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।

कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङका अनुसार, ल्होछार तयारी सकिएको छ । कार्यक्रमका प्रमुख अतिथी हुनेछन् राजदूत डा. दुर्गाबहादुर सुवेदी । ल्होछारकै लागि नेपालबाट विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु समेत आउने कार्यक्रम छ । कार्यक्रममा सुपरहिट नेपाली फिल्म कबड्डी कबड्डी र पुरानो डुंगाका सुप्रसिद्ध युवा तमु डाइरेक्टर रामबाबु तमु लगायत उनको फिल्म युनिट समेत सहभागी हुनेछ ।

कार्यक्रममा नेपालबाट आउने लोकप्रिय कलाकारहरु मिलन अमात्य र मनोज गुरुङ एवं हाल बेलायतमै रहेका मधुसुदन थापा र सम्झना लामिछानेले गायन प्रस्तुत गर्नेछन् । स्थानीय कलाकारहरुको नृत्य 
एवं सांस्कृतिक प्रस्तुति थप आकर्षण हुनेछ ।

उक्त अवसरमा जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डा. हर्क एवं डा. चन्द्र अवार्ड तथा कम्युनिटी अवार्ड प्रदान गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमको आकर्षण राफल ड्र समेत हुनेछ जसमा प्रथम पुरस्कार एक तोला सुन, दोश्रो पुरस्कार कम्प्युटर र तेश्रो पुरस्कार आइ फोन राखिएको छ । उक्त अवसरमा फ्रेंसी पत्रिका विमोचन समेत हुनेछ । त्यसै सांझ अध्यक्ष ज्ञाम गुरुङसहितको नयां कार्यसमितिले औपचारिक रुपमा नयां नेतृत्व ग्रहण गर्नेछ ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »