तमुधिं युकेद्वारा सल्लाहकारहरुको चयन , २८ मेमा गोर्खा कप आयोजना गर्दै

201702231487864637idतमुधिं युकेले एकसय ३० जना सल्लाहकारहरुको चयन गरेको छ । तमुधिं युकेको नवौं कार्यसमितिले गत आइतबार मिचेटस्थित तमुधिं भवनमा आगामी दुई वर्षको लागि नयाँ सल्लाहकारहरुलाई चयन गरेको हो । धेरैजसो पुरानै सल्लाहकार र केही नयाँ सल्लाहकारहरुलाई चयन गर्दै उनीहरुलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले खादा लगाई स्वागत गरे ।  
सल्लाहकारहरुको स्वागतार्थमा केन्द्रित रहेको सो बैठकमा अध्यक्ष ज्ञाम गुरुङले गत डिसेम्बर ३१ म आयोजना गरिएको तमु ल्होछार कार्यक्रमको बारेमा जानकारी गराउँदै सो कार्यक्रममा विशेष योगदान पु¥याएका विभिन्न संघसंस्था, मिडिया, फोटोग्राफर र विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरे । त्यस्तै कोषाध्यक्ष दिपक गुरुङले सो ल्होछार कार्यक्रमको आय–व्यय प्रस्तुत गरेका थिए भने सचिव तुलाराम गुरुङले नयाँ सल्लाहकारहरुको नाम प्रस्तुत गरे । सो अवसरमा अध्यक्ष गुरुङले हालै आपूmले गरेको नेपाल भ्रमणको बारेमा तयार पारिएको भिडियो प्रस्तुत् गर्दै नेपालका विभिन्न संघसंस्थाहरुले गरेको सम्मान र भ्रमणको बारे जानकारी गराएका थिए । 
कार्यसमिति र नयाँ सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विविध बिषयमा छलफल गर्दै सन् २०१८ मा तमुहरुको उद्गम थलो क्वोला सोंथारको भ्रमणको आयोजना गर्न सल्लाहकार एकेन्द्र गुरुङको संयोजक, वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङ सहसंयोजक र सल्लाहकार तर्कजङ्ग गुरुङ सदस्य रहेको एक कमिटी गरेको छ । 
आमाहरुको समेत बाक्लो उपस्थिति रहेको सो बैठकमा आमा समूहकी अध्यक्ष प्रेम कुमारी गुरुङले आमा समूहकी पदाधिकारी एवं सदस्यहरुलाई कार्यसमिति नयाँ खादा स्वागत गरिन् । 
त्यस्तै, नवौं कार्यसमितिको सन् २०१७ भित्र आयोजना गरिने कार्यक्रमको बारेमा जानकारी दिइएको सो बैठकमा २८ मे का दिन आयोजना गर्न लागेको गोर्खा कपको बारेमा खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङले जानकारी दिएका थिए भने तमु कल्चरल फोरमका संयोजक क्याप्टेन राजु गुरुङले फोरमको बारेमा जानकारी गराएका थिए । त्यस्तै, सल्लाहकार क्याप्टेन चित्रबहादुर गुरुङले तमुधिं भवनमा किचन र चर्पी निर्माणको बारेमा जानकारी दिएका थिए । 
सो बैठकमा सल्लाहकार क्या चित्र बहादुर गुरुङ (दुर्लङ्ग) ले एकहजार, सल्लाहकार सुमल पाँचसय र सल्लाहकार नारायण कोन्मे गुरुङ पाँच सय पाउण्ड संस्थालाई आर्थिक सहयोग गरेका थिए । त्यस्तै, सल्लाहकार सुमल कुमार गुरुङले ‘खोज्दै छु नेपाल’ नामक कविता संग्रह र ‘फेरी हङ्गकङ्गको सेरोफेरो’ नामक यात्रा संस्मरण र दक्षिणपूर्व क्षेत्रीय तमुधिंको वार्षिक मुखपत्र ‘आँशीमला’ तमुधिं  पुस्तकालयको लागि अध्यक्ष गुरुङलाई हस्तान्तरण गरे । 
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »