तमुधिं यूके ल्होछारको तयारीमा

लण्डन

अल्डरसट । गुरुङ (तमु) जातिहरुको महान् पर्वको रुपमा रहेको तमु ल्होछार बेलायतमा पनि विविध कार्यक्रमसहित मनाउन लागेको छ ।201612161481930116idपरम्परादेखिनै प्रत्येक पुस १५ गतेका दिनलाई तमु जातिहरुले बर्ग परिवर्तन अर्थात् नया“वर्षको रुपमा मान्दै आएको छ । जब डिसेम्बर महिना शुरुवात हुन्छ, तब बेलायतका तमूहरु ल्होछार÷ल्होसारको तयारीमा जुटेका हुन्छन् । त्यस्तै बेलायतमा क्रियाशील तमुधिं यूकेले गत शनिबार अल्डरसटस्थित एम्पायर हलमा आगामी शनिबार ३१ डिसेम्बरका दिन मनाउन लागेको ल्होछारको तयारीबारे बैठक बसेको थियो । बैठकमा तमुधिं यूकेले विगत १७ वर्षदेखि मनाउ“दै आएको ल्होछारलाई अझ प्रभावकारी रुपले मनाउने निर्णय गरेको छ ।

तमुधिं यूकेका अध्यक्ष  सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष ज्ञाम गुरुङ, नन्दजङ्ग गुरुङ, सचिव कृष्ण गुरुङ, साँस्कृतिक सचिव कृष्ण गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, मिडिया सेक्रेटरी रोहित गुरुङलगायतले आ–आफ्नो भनाइ राखेका थिए भने संस्थाका सल्लाहकार र आजीवन सदस्यहरुले विभिन्न सल्लाह, सुझाव र प्रतिक्रिया दिएका थिए ।

दुई चरणमा मनाउन लागेको ल्होछारको पहिलो दिन ३० तारिक बिहान ९.३० बजे अल्डरसटस्थित बुद्धिष्ट कम्यूनिटी सेन्टर (बिसीसी) यूकेमा धार्मिक पूजासहित मनाउन लागेको छ । सो दिनको पूजाको तयारी पूरा भएको पूजा संयोजक हर्क गुरुङ र ले. कुसाङ गुरुङले बैठकमा जानकारी दिए । पूजामा नेपालबाट घाघा रिम्पोछेको उपस्थिति रहने छ भने नेपालबाट आउने धर्मगुरु र स्थानीय लामाहरुको विशेष उपस्थिति रहने तमुधिं यूकेले जानकारी गराए  । त्यस्तै नेपाली दूतावास लन्डनका राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको ३१ तारिकको ल्होछार कार्यक्रममा नेपालबाट डा. जगमान गुरुङ, कलाकारहरु मनोज गुरुङ, मिलन आमात्य, धर्मगुरुहरुको विशेष उपस्थिति रहने ल्होछार संयोजक ज्ञाम गुरुङले बताए । दिउँसो ४ बजेदेखि प्रवेशद्वार खोलिने सो ल्होछारका साँझ नेपालबाट आएका कलाकारहरु लगायत स्थानीय कलाकारहरु सम्झना लामिछाने, मनसुधन थापा लगायतले मौलिक तथा संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गर्ने संयोजक गुरुङले बताए ।

यसवर्षको ल्होछारको दिन देखिनै नया“ कार्यसमितिले आगामी दुईवर्षको लागि जिम्मेवारी लिने भएको छ ।

स्मरण रहोस्, गत १९ नोभेम्बरका दिन तमुधिं यूकेको साधारणसभाले उपाध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा नया“ कार्यसमिति चयन गरेको छ । विविध साँस्कृतिक कार्यक्रम, धार्मिक पूजा, डा. हर्क गुरुङ अवार्ड र सम्मान लगायत सम्पन्न हुन लागेको कार्यक्रममा बेलायतमा रहेका गुरुङ लगायत नेपालीहरुलाई उपस्थितिको लागि आयोजक तमुधिं यूकेले अनुरोध गरेको छ 

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

गोरखा कप २०२६ का लागि ३२ मुख्य टिम छनोट, प्रतियोगिताको तयारी तीव्र

आगामी प्रतिष्ठित फुटबल प्रतियोगिता गोरखा कप २०२६ का लागि विभिन्न टोलीहरू छनोट भएका छन्। प्रतियोगितामा सहभागिता जनाउन सफल भएका सबै टोली तथा खेलाडीहरूलाई आयोजक तमु 

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »