तमुधिं युकेको साधारणसभा सम्पन्न

मिचेट । गत आइतबार तमुधिं युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभालाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र संस्थापक अध्यक्ष मिन गुरुङले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । 
वार्षिक साधारणसभामा हमसायर सर्रे इकाईका अध्यक्ष उत्तरबहादुर गुरुङ, लन्डन इकाईका अध्यक्ष दीपक (डेविड) गुरुङ र साउथ ईस्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले आ–आप्mनो इकाईको प्रगति विवरण सुनाएका थिए । त्यस्तै, आमा समूहकी महासचिव यशोदा गुरुङले आमा समूहको बारेमा जानकारी गराएकी थिइन् । 
तमुधिं युकेका आजीवन सदस्य र सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेको साधारणसभामा कोषाध्यक्ष दीपक गुरुङले कोषाध्यक्षको प्रतिवेदन र महासचिव कृष्ण गुरुङले कार्यसमितिको प्रतिवेदन प्रस्तुत् गरेका थिए । दुवै प्रतिवेदनमाथि व्यापक रुपमा छलफल गरेको थियो । त्यस्तै तमु फोरम युकेका निर्देशक क्या.रि.राजु गुरुङले ल्होछारको शुभकामना दिँदै तमुहरुको संस्कार र संस्कृतिबारेमा जानकारी दिएका थिए भने सल्लाहकार मे.रि. खुसीमान गुरुङले मोर्गेज फ्रि अभियानबारेमा बोलेका थिए । 
संस्थापक अध्यक्ष मिन गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ र निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङले शुभकामना मन्तव्य दिएको कार्यक्रममा साउथ ईस्ट रिजनल पूर्वअध्यक्ष क्या. नारायण गुरुङ र आमा समूहकी कोषाध्यक्ष जसु गुरुङले पनि विविध विषयमा बोलेका थिए । 
त्यस्तै, सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले प्रस्तुत् गरेको विधान मस्यौदा संशोधनसहित पारित गरिएको थियो । समितिमा सल्लाहकार मधुकर गुरुङ, सल्लाहकार हरिकुमार (काजी) गुरुङ, आजीवन सदस्य मान गुरुङ र पूर्ण गुरुङ सदस्य रहेका थिए । 
कार्यक्रममा मिडिया सेक्रेटरी रोहित गुरुङले तमुधिं युकेले ल्होछारको अवसरमा प्रत्येक वर्ष प्रकाशन गर्दै आएको तमुधिं युकेको मुखपत्र ‘प्रेंmसी’ प्रकाशनका लागि तयार रहेको बताउँदै विभिन्न लेख, रचना र विज्ञापनहरु संकलनमा सहयोग गर्न अनुरोध गरे । सोही दिन मिडिया सेक्रेटरी रोहित गुरुङ तथा सुस्मा गुरुङको २५ औं वर्षगाँठ परेकोले उनलाई सबैले शुभकामना दिए । उनले साधारणसभामा भोजनको समेत प्रायोजन गरेकोमा तमुधिं युकेले धन्यवाद दिएका थिए । 
तमुधिं युकेले यस वर्षको ल्होछारलाई भव्य रुपमा सम्पन्न गर्न नेपालबाट गुरुङ गायक नरजङ्ग गुरुङ र चर्चित गायिका मेलिना राईलाई निमन्त्रणा गर्ने जनाए । त्यस्तै, ल्होछार संयोजक उपाध्यक्ष नन्दजङ्ग गुरुङले ल्होछारको टिकट उपाध्यक्ष हित काजी गुरुङलाई टिकट बिक्रीवितरणको अनुरोध गर्दै प्रदान गरे । 
कार्यक्रममा रसमुर भोलिन्टीयर अवार्ड २०१७ बाट सम्मानित भएका तमुधिं युकेका निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र), हमसायर सर्रे इकाईका अध्यक्ष उत्तरबहादुर गुरुङ, सल्लाहकार क्या. राजेन्द्रमान गुरुङ र सल्लाहकार हरिकुमार (काजी) गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै, हालै निर्वाचित भएका लन्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ लगायत नवनिर्वाचित कार्यसमितिलाई खादा लगाई बधाई दिएका थिए ।  
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव कृष्ण गुरुङ र सचिव तुलाराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »