तमुधिं युकेले विविध कार्यक्रम साथ ल्होछार मनाउँदै, मेलिना र नरजङ्गको विशेष प्रस्तुति हुने

अल्डरसट । तमुधिं युकेले विविध कार्यक्रम साथ तमु (गुरुङ) हरुको महान् पर्व ल्होछार मनाउने भएको छ । 
आउँदो ३० डिसेम्बरका दिन रेडिङस्थित रिभरमेड लिजर सेन्टरमा मनाउन लागेको ल्होछार कार्यक्रमको तयारी पूरा भएको तमुधिं युकेले जनाएको छ । गत आइतबार मिचेटस्थित तमुधिं भवनमा बसेको बैठकमा ल्होछारको तयारीबारे व्यापक रुपमा छलफल भएको थियो । 
कार्यक्रममा नेपालकी चर्चित गायिका मेलिना राई र गायक नरजङ्ग गुरुङको विशेष प्रस्तुति रहने भएको छ । त्यस्तै,  लमजुङ समाज युकेको निमन्त्रणमा बेलायत आएका चर्चित लोकगायिका विमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ, मञ्जु बिक र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले बताएको छ । 
धार्मिक पूजाका साथ सम्पन्न हुन लागेको  ल्होछार कार्यक्रममा नेपालबाट धर्मगुरु लामा गुप्ती गुरुङको विशेष उपस्थिति रहने छ । त्यस्तै, बेलायतमा भ्रमणमा रहेका धर्मगुरु खेम्पो से नाम्खा दोर्जे, खेम्पो भोजेन्द्र शिला र खेम्पो छेवाङ घलेको पनि धार्मिक पूजामा सहभागिता रहने छ । 
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न भएको बैठकमा कोल्मा बाहाकोट समाज युकेको अध्यक्षमा चयन भएका तमुधिं युकेका सल्लाहकार सुरेश गुरुङ, थाउजन वुद्ध मनेपा रेडिङका उपाध्यक्षमा चयन भएका सल्लाहकार कृष्णबहादुर गुरुङ र महासचिव कमल गुरुङलाई बधाई दिइएको थियो । त्यस्तै, तमुधिं युके आमा समूहकी महासचिव यशोदा गुरुङको ब्रिटिस आर्मीमा कार्यरत छोरा आत्माजङ्ग गुरुङ हालै पदोन्नति भएकोमा बधाई ज्ञापन गरिएको थियो । 
बैठकमा हालै नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका सबै गुरुङ सांसदहरुको सफल कार्यकालको कामना गर्दै बधाई ज्ञापन गरिएको थियो । तमुधिं युकेका महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको बैठकमा तमुधिं युकेका सल्लाहकार एवं तमु फोरम युकेका डाईरेक्टर क्या. राजु गुरुङले तमुधिं युकेकलाई पावरपोइन्ट प्रोजेक्टर, स्क्रीन र ल्यापटप फोरमका कोषाध्यक्ष एवं तमूधिं युकेका सल्लाहकार जुमकाजी गुरुङमार्फत निःशुल्क प्रदान गरिएको थियो ।  
तमुधिं युकेका आजीवन सदस्य, सल्लाहकार, आमा समूह, युवा र कार्यसमितिको बाक्लो उपस्थिति रहेको बैठकमा उपाध्यक्ष नन्दजङ्ग गुरुङले ल्होछार तयारीबारे, सल्लाहकार नरेश गुरुङले धार्मिक पूजाबारे र चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुङले अतिथिहरुको बारेमा बोलेका थिए । बैठकमा तमुधिं युकेका इकाई अध्यक्ष, सल्लाहकार एकेन्द्र गुरुङ र नरजङ्ग गुरुङलगायतले विभिन्न सल्लाह र सुझाव दिएका थिए ।
Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

१७औँ नेपाली मेला यूके २०२६ भव्य रूपमा आयोजना हुने

लन्डन, यूके। बेलायतमा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ आगामी ३० अगस्ट २०२६, आइतबार आयोजना हुने भएको

Read More »

बेलायतमा २० हजार दर्शकमाझ गोर्खा कपको २४औं संस्करण सम्पन्न

विदेशमा नेपाली समुदायकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कपको २४ औं संस्करण आइतबार झण्डै २० हजार दर्शक उपस्थितिमा सम्पन्न भएको छ । हिटवेभका बाबजुद दर्शकहरु बेलायतभरबाट

Read More »